नेपाली चर्चको तर्फबाट म्यानमारको भुकम्प पीडितलाई पठाइयो आर्थिक सहयोग

दिपेश श्रेष्ठ,
काठमाडौं, ९ वैशाख ः नेपाली इसाई संघसंस्थाहरको सहकार्यमा म्यानमारका भूकम्प पीडितको लागि आर्थिक सहयोग पठाइएको छ ।


ख्रीष्टियन संघ संस्थाहरुको अगुवाइमा नेपालका लागि म्यानरका महामहिम राजदुत म्यो मिन्ट मङ्गलाई भेटगरी नेपाली रुपैँया पाँच लाख बराबरको चेक हस्तान्तरण गरिएको छ ।


म्यानमारमा अन्तिम पटक २०२५ मार्च २८ मा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसको केन्द्र म्यानमारको दोस्रो ठूलो सहर मन्डले नजिकै थियो ।


भूकम्प म्यानमारको इतिहासमा एक शताब्दीयताकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ । यस भूकम्पबाट हालसम्म ३,७३५ जनाको मृत्यु भएको जनाइएको छ भने,५,१०८ जना घाइते भएका छन्, र १२० जना अझै बेपत्ता छन् । भूकम्पले म्यानमारका छ वटा क्षेत्रहरूमा व्यापक क्षति पुरÞ्याएको छ, जसमा राजधानी नेप्यिडो पनि समावेश छ ।

यसले ६५,००० भन्दा बढी संरचनाहरू, जस्तै घर, विद्यालय, धार्मिक स्थल, अस्पताल, र सडकहरू ध्वस्त पारेको छ । यस भूकम्पले म्यानमारको पहिले नै जटिल मानवीय संकटलाई अझ गम्भीर बनाएको छ । जहाँ ३ मिलियनभन्दा बढी मानिसहरू विस्थापित भएका छन् र लगभग २० मिलियन मानिसहरूलाई सहयोग आवश्यक छ ।

यस दुखद परिस्थितिमा अन्तर्राष्ट्रिय सहयोग प्रयासहरू जारी छन्, तर निरन्तर परकम्पहरू, संसाधनहरूको अभाव, र आसन्न मनसुन मौसमले उद्धार र पुनर्निर्माण कार्यहरूमा चुनौतीहरू थपेका छन् ।

उक्त राहत सहयोग हस्तान्तरणमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदको अगुवाइमा नेपाल ख्रीष्टियन समाज, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, नेपाल राष्ट्रिय मण्डलि सङ्गती, राष्ट्रिय गिर्जाघर निजि गुठि लगाएतको संघ संस्थाहरु थिए भने नेपाल ख्रीष्टियन राहत सेवाद्वारा सो राहत सङ्कलन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button