नेपाली चर्च रोमानियाले तेस्रो वार्षिकोत्सव मनाउदै

भदौ ३१ ।। रोमानिया
रोमानियाको राजधानी बुकरेस्टमा स्थापित नेपाली चर्च रोमानियाले आफ्नो स्थापनकालको तेस्रो वार्षिकोत्सव मनाउने भएको छ । नेपाली चर्च रोमानिया २० सेप्टेम्बरमा तीन वर्ष पुरा भएकोले आउने आइतबार सेप्टेम्बर २४ मा छुट्टीको दिन पारेर तेस्रो वार्षिकोत्सव मनाउन लागेको हो ।


सन् २०२० को सेप्टेम्बर २० मा पास्टर बोअज आले, उहाँको श्रीमती रुथ आले र दिपक श्रेष्ठ मिलेर रोमानियामा नेपाली भाषिहरुको बीच नेपाली संगति सुरु गर्नुभएको थियो । नेपाली भाषि चर्च स्थापना भएपछि रोमानियामा नेपालीहरुलाई नेपाली भाषि संगतिमा जान सहज भएको छ ।


हालसम्म नेपाली चर्च रोमानियामा नेपालको हिमाल, पहाड र तराईबाट रोजगारीको लागि रोमानिया पुगेका १२५ भन्दा बढी सदस्यहरु रहेको पास्टर बोअज आले जानकारी दिनुभयो । पास्टर आलेले भन्नुभयो, ‘पछिल्लो समयमा नेपालीहरुले रोजगारीको गन्तव्य देशका रुपमा युरोपका देशहरुलाई छनोट गर्दा, रोमनीया नेपालीहरुको रोजाईमा परेकोछ । नेपालीहरु रोजगारीलागि रोमानिया आउँदा नेपाली ख्रीष्टियनहरुले नेपाली संगति गर्ने मौका पाउनुभएको छ । हाम्रो मण्डलीको सदस्य संख्या पनि बढिरहेको छ ।’


नेपाली चर्च रोमनियाले रोमानियाको विभिन्न २५ सहरमा रहेका नेपालीहरुलाई अनलाइनमा समेत सेवा प्रदान गर्दै आएको छ । पास्टर बोअज आले भन्नुहुन्छ, ‘हरेक आइतबार हाम्रो संगति हुन्छ । साप्ताहिक संगतिमा अनलाइनको माध्यमबाट विभिन्न सहरमा रहेका सदस्यहरुलाई सेवा दिदैँ आएका छौँ ।’


रोजगारीको खोजिमा रोमानिया पुगेका नेपालीहरुलाई कुनै समस्या परेमा नेपाली चर्च रोमानियाले सक्दो सहयोग गर्दै आएको छ । नयाँ व्यक्तिलाई रोमानियाको बारेमा थाह नहुँदा नेपाली चर्च रोमनीयाले नयाँ नेपालीहरुलाई सल्लाह समेत दिने गरेको छ । रोजगारीको समस्या र विरामी अवस्थामा रहेका नेपालीहरुलाई पनि चर्चले सक्दो उधार गर्दै आएको छ ।


‘एक युरोपेली संघ देश, एक नेपाली मण्डली’ नारा सहित युरोपका देशहरुमा अध्ययन तथा रोजगारीको लागि पुगेका नेपाली भाषिहरुको बीचमा ख्रीष्ट केन्द्रित र परमेश्वरको पवित्र आत्माले स्वस्थ मण्डली स्थापना गर्दै जानु नेपाली चर्च रोमानियाको उद्देश्य रहेको छ । नेपाली चर्च रोमानियाले युरोपका अन्य देशहरमा रहेका मण्डलीका सदस्यहरुलाई पनि अनलाइनबाट संगति दिदै आएको छ ।


छुट्टीको दिन पारेर नेपाली चर्च रोमानियाले नेपालीहरुको बीचमा सुसमाचारीय कार्यक्रम पनि गर्दै आएको छ । पास्टर बोअज आलेद्वारा प्रकाशित ‘परमेश्वरको प्रेम पत्र’ समेत वितरण गर्ने गरिएको छ । ख्रीष्टमसको समयमा नेपालीहरुलाई निमन्त्रणा गरी उत्साह दिने र एक अर्काबीच सहकार्य समेत गर्ने गरिएको छ ।


नेपाली चर्च रोमनीयाले मण्डलीमा पारिवारिक सेवा समेत गर्दै आएको छ । परिवारको पुनः मिलन गर्ने र उत्साह समेत दिने गरेको छ । हालसम्म रामनीयामा ८ परिवार श्रीमान श्रीमती संगै हुनुहुन्छ । श्रीमान श्रीमती संगै रहनुपर्छ भन्ने मान्यतालाई प्राथामिकता दिदै मण्डलीले परिवार मिलनको सेवकाई समेत गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button