नेपाल ख्रीष्टियन रिभाइबल चर्च युथ काउन्सिलको छैटौँ वार्षिक सम्मेलन

काठमाण्डौं, ३० वैशाख ः नेपाल ख्रीष्टियन रिभाइबल चर्च युथ काउन्सिलको छैटौं वार्षिक सम्मेलन आज मंगलबारदेखि काठमाण्डौंमा सुरु भएको छ ।


हरेक वर्ष आयोजना गरीने काउन्सिलको यस वर्षको वार्षिक सम्मेलन काठमाण्डौंको नेपाली इसाई मण्डली, कागेश्वरीमा आयोजना गरेको आयोजक मध्यका किशोर देवानले जानकारी दिनुभएको छ ।


“ख्रीष्टका दासहरु झैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर” (एफिसी ६ः ६ (ख) पदलाई उदृत गर्दै छैटौँ वार्षिक सम्मेलन सफलता पूर्वक सम्मपन्न गर्ने लक्ष राखिएको छ ।


जेठ १ गते सम्मको लागि आयोजना गरिएको युथ सम्मेलनमा प्रमुख वक्तको रुपमा रेभ. डा.एन पाफिनो, इभान्जलिस्ट ज्यापुत्यो ल्होङगो रभे एवि क्षेत्री, रेभ. पास्टर अनोस गजमेर रहनुभएको छ ।


आयोजित युथ सम्मेलले युवाहरुलाई परमेश्वरको वचनबाट आत्मिक रुपमा थप बलियो बनाउने उद्देश्य राखिएको छ । सम्मेलनमा ख्रीष्टियन रिभाइबल अन्तर्गतका विभिन्न चर्चका युवाहरु सहभागी रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button