नेपाल ख्रीष्टियन रिभाइबल चर्च युथ सम्मेलन सम्पन्न

काठमाण्डौं, ३ जेठ ः नेपाल ख्रीष्टियन रिभाइबल चर्च युथ काउन्सिलको छैटौं वार्षिक सम्मेलन सफलता पूर्वक सम्पन्न भएको छ ।
मंगलबारदेखि काठमाण्डौंमा सुरु भएको सम्मेलन गत विहिबार सफलतापूर्वक सम्पन्न भएको हो । हरेक वर्ष आयोजना गरीने काउन्सिलको यस वर्षको वार्षिक सम्मेलन काठमाण्डौंको नेपाली इसाई मण्डली, कागेश्वरीमा आयोजना गरिएको थियो ।
“ख्रीष्टका दासहरु झैँ साँचो हृदयले परमेश्वरको इच्छा पूरा गर” (एफिसी ६ः ६ (ख) पदलाई उदृत गर्दै छैटौँ वार्षिक सम्मेलन सफलता पूर्वक सम्मपन्न भएको छ ।
आयोजित युथ सम्मेलले युवाहरुलाई परमेश्वरको वचनबाट आत्मिक रुपमा थप बलियो बनाउने उद्देश्य राखिएको छ । सम्मेलनमा ख्रीष्टियन रिभाइबल अन्तर्गतका विभिन्न चर्चका युवाहरु सहभागी रहनुभएको थियो ।
अर्को वर्षको आउने सातौं सम्मेलन केरखा चर्चमा हुने आयोजक टिमले जानकारी दिएको छ । साथै यस वर्ष नेपाल ख्रीष्टियन रिभाइबल चर्च युथको नयाँ कार्य समिति समेत चयन भएको छ ।
जसमा रविन लिम्बु अध्यक्ष, वसन्त गहतराज उपाध्यक्ष, जसविन गजमेर सचिव,विनिता परियार सह सचिव,समिर राई कोषाध्यक्ष रहनुभएको छ । त्यसैगरी सदस्यमा उस्मिता कुवर,प्रकाश सुनुवार, रोहीत कार्की,भनिस तामाङ, सरिता सारु, रत्न राजवंसी, मनोज धरेल र मोहन ओली रहनुभएको छ ।