पनीएल ख्रीष्टिय मण्डलीले मनायो ३० औं वार्षिकोत्सव

काठमाण्डौं, २८ वैशाख ः ललितपुरको कुसुन्ती स्थित पनीएल ख्रीष्टिय मण्डलीले चर्च स्थापनाको ३० औं वार्षिकोत्सव मनाएको छ ।


मण्डलीको स्थापनाको समय सम्झना गर्दै मण्डलीले विभिन्न कार्यक्रमका साथ शनिबार चर्चमा ३० औं वार्षिकोत्सव मनाएको हो ।


मण्डली सुरु हुँदाको समय र परमेश्वरको अनुग्रहको कारण मण्डलीको सेवाकाई ३० वर्षमा पुगेको अवसरमा संक्षिप्त इतिहास सोही मण्डलीका पास्टर यम तामाङले प्रस्तुत गर्नुभएको थियो ।


मण्डलीको इतिहास र पनीएल चर्चका सदस्यहरुको जीवनी समेटीएको प्रकाशति स्मारिकाको वार्षिकोत्सवको अवसरमा विमोचन गरिएको छ ।


वार्षिकोत्सव कार्यक्रममा अथितिको रुपमा सहभागी रहनुभएका विभिन्न चर्चका पास्टर ज्यूहरुले पनीएल चर्चले ३० वर्ष पार गरेको अवसरमा बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button