परलिम्पिक समितिका पदाधिकारी र अध्यक्ष प्रचण्डबीच भेट


काठमाण्डौं, १ जेठ ः परलिम्पक समितिका पदाधिकारीहरुले पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भेट गरेको छ ।


आपाङ्गता खेलकुद प्रवर्धनको अपेक्षा राख्दै नेपाल परलिम्पक समितिका प्रतिनिधिहरुले मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसँग भेट गरेका हुन् ।

भेटमा हालसम्म पलिम्पिक खेलकुदमा अपाङ्गता भएका खेलाडीहरुले प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरुबारे जानकारी गराउनुका साथै सरकार द्धारा अपाङ्गता खेलकुद क्षेत्रलाई फराकिलो पहल गरिदिन अध्यक्ष प्रचण्डसँग अनुरोध गरिएको छ ।


हालसम्म २५ वर्षको अन्तरालमा नेपालले परलिम्पिक प्रतियोगितामा २ वटा कास्य पदक ,र ५ वटा रजत पदक समेत प्राप्त गरी देशको गरिमा बढाएको जनकारी गराईएको थियो ।


प्रतिनिधिमण्डलले आफूले तयार गरेका मुख्य तिन माग तथा सुझावहरु समेत अध्यक्ष दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त प्रतिनिधिमण्डलमा नेपाल परालिम्पिक कमिटीका कोषध्यक्ष ओमनाथ सिवाकोटी, नेपाल सुटीङ्ग पारा स्र्पोट्सका उपाध्यक्ष तथा सुन्दर ढोका साथि सेवाका कार्यकारी निर्देशक बिजता अधिकारी रहनुभएको थियो ।


भारतको नयाँ दिल्लीमा भएको वल्र्ड पारा एथ्लेटीक्स २०२५ का रजत पदक विजेता प्रभा आङ्गदेम्बे साथै राष्ट्रिय सभाका सभासद जग प्रसाद शर्मा अपार को विषेश उपस्थिती रहेको थियो ।


भेटमा अध्यक्ष दाहलले अफुले यस क्षेत्रका विकास तथा प्रवर्धनका लागी सम्बन्धित निकायहरु संग समन्वय गरि आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button