पर्सा ख्रीष्टियन समाजद्वारा निशूल्क सिलाई कटाई तालिम
प्रेम घिमिरे
पर्सा, १ जेठ ।। पर्सा ख्रीष्टियन समाजको आयोजनामा ठोरीका बिपन्न महिलाहरुलाई लक्षित गरी ६ महिने निशूल्क सिलाई कटाई तालिम दिने भएको छ ।
समाजका बिपन्न महिलाको सिप बिकासको निम्ति पर्सा ख्रीष्टियन समाजले मंगलबारबाट २० जना अति बिपन्न महिलाहरुलाइ निसुल्क सिलाइ कटाइ तालिम दिन सुरु गरेको हो ।
ख्रीष्टियन समाजका सल्लाहकार बाबुराम क्षेत्रीको सभापतित्व रहेको कार्यक्रममा ठोरी गाउँ पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
त्यसैगरी वडा न ३ का वडा अध्यक्ष शम्भु खड्का पर्सा ख्रीष्टियन समाजका अध्यक्ष राम प्रसाद घिमिरेको बिशिस्ट आतिथ्यमा उद्घाटन भएको तालिममा स्थानीय पाष्टर राम बहादुर श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।
प्रमिता चौधरी सिलाइ प्रशिक्षक ले २० जना महिला लाई प्रशिक्षण दिनु हुने छ भने उक्त तालिमको आर्थिक सहयोग serve now Nepal सस्था ले गरेको छ ।
हामीले गर्नु पर्ने काम ख्रीष्टियन समाजले गरिदिएर धेरै राम्रो काम गरेको कुरा वडा अध्यक्ष सम्भु खड्काले आफ्नो मन्तव्यमा राख्नुभयो । त्यसैगरी समाजमा लक्षित यस्ता काम गर्नलाई ख्रीष्टियन समाजलाई सँधै साथ र सहयोग गर्ने प्रतिबद्धता गाउँ पालिका अध्यक्षले बताउनु भयो ।