पर्सा ख्रीष्टियन समाजद्वारा ख्रीष्टमस ¥याली
पर्सा, ६ पुस ।। पर्सा ख्रीष्टियन समाजले आज ख्रीष्टमस ¥यालीको आयोजना गरी शुभकामना आदानप्रदान गरेको छ ।
आज शनिबार बिरगंजमा रहेका सबै चर्च का सदस्य सहभागी हुने गरी आयोजना गरीएको ख्रीष्टमस शुभकामना आदानप्रदान ¥याली आषिस् रुपमा सम्मपन्न भएको छ ।
पर्सा ख्रीष्टियन समाजका अध्यक्ष राम प्रसाद घिमिरेको नेतृत्वमा सुरु भएको ख्रीष्टमस शुभकामना आदानप्रदान ¥यालीमा विविभन्न मण्डलीका सदस्यहरु उत्साहकासाथ सहभागी हुनुभएको थियो ।
¥यालीमा ख्रीष्टमसको शुभकामना दिदै नगरपरिक्रमा गर्दै बिरगंज घन्टाघर मा कोणसभागमा टुंगिएको थियो । अन्तमा समाज कि महिला उपाध्यक्ष अन्जु आचार्यले शुभकामना दिनु हुँदै प्रार्थ्णा द्वारा कार्यक्रम लाई समापन गर्नु भएको थियो ।