पर्सा ख्रीष्टियन समाजले सञ्चालन गरेको ६ महिने सिलाइकटाई तालिम सम्पन्न

प्रेम घिमेर
पर्सा, ११ मंसिर ।।
पर्सा ख्रीष्टियान समाजको आयोजना तथा सेवा अहिले नेपालको आर्थिक सहयोगमा र ठोरी गाउँपालिका वडा न ३ को समन्वय मा २०८१ जेठ १ गते देखि शुरु भएको ६ महिने निशूल्क सिलाइकटाइ तालिमको दिक्षान्त कार्यक्रम समापन भएको छ ।


वडा नं.३ का अध्यक्ष को प्रमुख अतिथ्यमा सुरु भएको दिक्षान्त समारोह कार्यक्रममा २० जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र बितरन तथा सिलाइ मेसिन बितरन गरिएको छ ।


पर्सा ख्रीष्टियान समाजका अध्यक्ष रामप्रसाद घिमिरे, कोषाध्यक्ष सिमोन राई, महासचिब राजकुमार गजमेर, उपाअध्यक्ष चन्द्रबहादुर रिशी, लगायत विभिन्न चर्चका पाष्टर अगुवाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वडा अध्यक्ष सम्भु खड्काले पालिकाले गर्नुपर्ने काम ख्रीष्टियन समाजले गरिदिएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।


उहाँले प्रशिक्षार्थीहरुलाई आउने दिनमा आवस्यक पर्ने सिलाइ सम्बन्धि सामाग्रीहरु पालिकाबाट उपलब्ध गराउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ ।


कार्यक्रमको सहजीकरण समाजका अध्यक्ष रामप्रसाद घिमिरे गर्नु भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु धेरै खुसी भएको कुरा व्यक्त गर्दै यसले समाजका बिपन्न बर्गका महिला लाई धेरै हौसला र जिबिकोपार्जन गर्न मद्दत पुगेको बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button