पश्चिम नेपालको ख्रीष्टियन इतिहासमा एउटा नाम, हस्तराम खाम
हरि जिज्ञासु
बि.सं २००७ सालपछि नेपालमा बन्द भएको सुसमाचारको ढोका खुलेसँगदै पोखराको रामघाट चर्च र नेपालगञ्जको ज्योति निवास ए.जि चर्च सुरु भए । नेपालगञ्जको ज्योति निवास ए.जी चर्चको स्थापना गर्नमा बर्णवास राईको अतुलनीय योगदान छ भने पोखराको रामघाट चर्च स्थापना हुनुमा डेविट मेखियाको अतुलनीय योगदान छ । डेविड मुखिया र बर्णवास राई दार्जिलिङ अर्थात सिमा पारीकै भएपनि उहाँहरु नेपाली इसाई इतिहासको एउटा खम्बा हो ।
पश्चिम नेपालको ख्रीष्टियन इतिहास अध्ययन गर्दा छुटाउनै नहुने व्यक्तित्व हुनुहुन्छ स्वर्गीय पास्टर हस्तराम बुढामगर । पास्टर हस्तराम बि.सं १९८२ मा पूर्वी रुकुमको तकसेरा गाउँमा जन्मिनुभएको हो । रुकुमको तकसेरामा जन्मिुनुभएका हस्तराम बुढामगर ब्रिटिस शेनामा भर्तीभएपछि विश्वका विभिन्न देशहरुमा शान्ति सुरक्षाको लागि जाने मौका पाउनुभएको थियो ।
ब्रिटिस सेनाबाट अबकास पाएर नेपाल फर्केका हस्तराम खामको करिब २०२४ सालतिर अेमेरिकी नागरिक डेविड वाटर संग भेटभएको इतिहास छ । डेविड वाटर रुकुमको तकसरी कसरी र किन पुगेका थिए भन्ने विषय अझै अध्ययनको विषय छ । रुकुमको तकसेरा गाउँ अहिलेको जस्तो सुगुम गाउँ थिएन । किनकि २०२४ सालमा नत गाडि पुग्थ्यो नत रुकुम मुसिकोटमा विमानस्थिल नै थियो । यदि रुकुम सदरमुकामबाट नै पदैल यात्रा गर्ने हो भने करिब ३ दिनपछि मात्र तकसेरा पुगिन्थ्यो ।
हस्तराम बुढा मगर र डेविड वाटरको रुकुममा भेट भएपछि पहिलोपटक हस्तराम बुढामगरले परमेश्वरमा विश्वास गर्नुभएको इतिहास छ । हस्तराम बुढामगर ब्रिटिश सेनामा हुँदा विभन्न देशमा घुमेको कारणले ख्रीष्टियन विश्वासको बारेमा उहाँलाई पक्कै पनि थाह थियो । र उहाँलाई अंग्रेजी पनि राम्रो आउँथ्यो । डेविड वाटर रुकुम पुग्नुको मुख्य कारण केथियो भन्ने कुरा पनि अध्ययनको विषय छ ।
हस्तराम बुढामगरले करिब २०२४ सालमा परमेश्वरमा विश्वास गरेपछि पहिलो पटक अंग्रेजी नयाँ करारका मत्ति, मर्कुस, र लुका लगायतका पुस्तकहरुलाई छुट्टाछुट्टै मगर खाम भाषामा अनुवाद गरेर वितरण गर्नुभएको इतिहास छ । त्यतिबेलाको रुकुम पुर्वको बिकट गाउँमा हस्तराम खाम र डेविड वाटरले पहिलो तक मण्डली सुरु गर्नुभएको थियो । त्यो समयमा पश्चिम नेपालको दाङ, सल्यान, रोल्पा लगायतका जिल्लाहरुमा चर्च स्थापना भएको थिएन ।
डेविड वाटर र हस्तरामले गाउँको सुविधाको लागि एउटा मिल पनि स्थापना गर्नुभएको थियो । त्यहि मिलको माथिल्लो तलामा चर्च थियो र त्यहाँ नै संगति हुन्थ्यो । भवन बनेको मितिलाई स्थापना मान्ने हो भने तक मण्डलीको स्थापना २०२८ साल लेखिएको छ । तर सुसमाचार र घरिलो संगतिलई मण्डली स्थापनाको मिति मान्ने हो भने केहि वर्ष अगाडि मान्नुपर्ने हुन्छ । अझै अध्ययनको विषय छ ।
हस्तराम बुढा मगरले परमेश्वरमा विश्वासगरेपछि रुकुम तकसेराका धेरै व्यक्तिहरुले परमेश्वरमा विश्वास गर्नुभयो । मण्डली बृद्धि हुँदै गयो । रुकुम तकसेराबाट रुकुम पूर्व र पश्चिमको धेरै साबिकका गा.वि.स हरुमा सु–समाचार फैलिदै गयो । चर्चहरु स्थापना हुदै गए ।
जव मण्डली बृद्धि हुँदै गयो अनी रुकुम तक मण्डलीका धेरै अग्रजहरुले पञ्चायतकालमा सतावटको सामाना गर्नुपर्नेभयो । मण्डलीमा संगति गर्न सक्ने अवस्था भएन । पञ्चायत सरकारले धर्म प्रचार र परिवर्तनको आरोप लगाई रह्यो । तर हस्तराम बुढा मगर र त्यहाँका विश्वासीहरु परमेश्वरको सत्यतामा अडिक रहिरहनुभयो । २०३१ सालमा केहि विश्वासीहरुलाई गाउँ पञ्चायतले समेत यातना दिएको जमानसिंह बुढामगर बताउनुहुन्छ ।
बि.सं २०३७ सालमा संगति गरिरहेकै अवस्थामा हस्तराम बुढामगर सहित ७ जनालाई धर्म परिवर्तनको आरोपमा रुकुमको मुसिकोट जिल्ला अदालतमा पु¥याएको थियो । धर्म परिवर्तकै आरोपमा पास्टर हस्तपारमा खामले केहि समय जेल जीवन बिताउनु प¥यो । त्यतिखेरको अवस्था कस्तो थियो र कति दिन जेल बस्नुभएको थियो भन्ने अझै अध्ययनको विषय छ ।
त्यसैगरी २०३८ साल फागुन १६ गते रुकुम तकसेराका ५८ जनालाई धर्म परिवर्तन गरेको आरोपमा पञ्चायत सरकारले ४ दिन पदैल हिडाएर जिल्ला अदालत मुसिकोटमा पु¥याएको थियो । ५८ जना मध्येमा १५ जनालाई थुनामा राखेर बाँकिलाई घर पठाएको थियो । तर पनि गाउँ फर्केकाहरुले गाउँमा संगति गरिरहे मण्डली बृद्धि भइरह्यो ।
५८ जना पक्राउ पर्ने बेलामा पास्टर हस्तराम बुढामगर भने पक्राउ पर्नुभएन किनकि उहाँ सेवाकै लागि बाहिर जानुभएको थियो । रुकुमको मुसिकोट कारकार साँगुरो र जिर्न अवस्थामा रहेकोले बि. सं २०३९ साल साउन २७ गते ३ जनालाई मुसिकोट राखेर बाँकि १२ जनालाई अञ्चल कारागार तुलसीपुर दाङमा सारेको इतिहास छ ।
पश्चिम नेपालको रुकुम पूर्वको तकसेरामा जन्मेका पास्टर हस्तरा बुढामगरले मगर खाम भाषा संरक्षणमा पनि ठूलो योगदान रहेको छ । किनकि उहाँले अंग्रेजी बाइबललाई खाम भाषामा अनुवाद गर्नुभएको थियो । मण्डली स्थापना र सुसमाचारमा पास्टर हस्तराम बुढामगरको ठूलो योगदान रहेको छ । रुकुम तक मण्डली स्थापना भएपछि पास्टर हस्तराम एन.सि. एफ नेपाल संग पनि जोडिनुभएको थियो । तर एन.सि एफ नेपाल संग पास्टर हस्तरामको योगदान सम्बन्धि कुनै रेकर्ड छैन ।
सुसमाचार र आत्मिक जागृतिमा आफ्नो अतुलनीय योगदान पु¥याउनुभएका पास्टर हस्तराम बुढामगरको २०५९ साल ५ महिना १९ गतेका दिन निधन भयो । उहाँले सुसमाचार र आत्मिक जागृतिको लागि रुकुमका मण्डलीप्रति पु¥याएका अतुलनीय योगदान छन् । उहाँको योगदानलाई हामीले भुल्नुहुदैन । अहिले रुकुम जिल्ला लगायत अन्य विभिन्न जिल्लाहरुमा ख्रीष्टियन विश्वास फैलिदै गएका छन् । हस्तराम बुढा मगर र उहाँले पु¥याएको योगदान बारेमा अझै अध्ययन गर्नुपर्ने बाँकि छ । उहाँले ख्रीष्टियन इतिहासमा एउटा दउड पूरा गर्नुभएको छ । स्रोत ः रामदास बुढामगर, जमानसिङ बुढा मगर ।