पाकिस्तानका २१ चर्चमा आक्रमण, क्षति भएका चर्च निर्माण गर्ने सरकारको वाचा

भदौ, १ काठमाण्डौँ ।।
पाकितानको पञ्जाब प्रान्तमा अल्पसंख्यक इसाई समुदायको २१ वटा चर्चमा आक्रमण भएको छ भने इसाईहरुको घर जलाइएका छन् । २१ वटा गिर्जाघरमा भीडले आक्रमण गरेको आरोपमा १३५ जनालाई पक्राउ गरिएको छ ।


बिहिबार ईश्वर निन्दाको बिषयलाई लिएर मुस्लिम समुदायको भीडले इसाईहरुको चर्चमा आक्रमण गरेको थियो । उक्त घटनाको लागि उच्च स्तरीय छानबिनको दादेश दिएर सरकारले चर्च र भत्काइएका घरहरु निमार्ण गर्ने बाचा गरेको छ ।


लाहोरबाट १३० किलोमिटर टाढा रहेको फैसलाबाद जिल्लाको जरनवाला सहरमा ईश निन्दाको आरोपमा बुधबार आक्रोशित भीडले २१ गिर्जाघर र इसाई धर्मावलम्बीका धेरै घरमा तोडफोड र आगजनी गरेको हो । अर्कोतर्फ क्रिश्चियन समुदायले बिहीबार विरोध प्रदर्शन गरेका छन् ।

पञ्जाबका कार्यवाहक सूचना मन्त्री अमिर मिरले बिहीबार भने कि आतंकवाद र ईश्वर निन्दाको आरोपमा ६०० संदिग्धहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ । पञ्जाब प्रहरीले यस मामिलामा १ सय ३५ बदमाशलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा कट्टरपन्थी समूह तेहरिक ए लब्बैक पाकिस्तानका सदस्यहरू पनि थिए ।

मिरले भने कि यस क्षेत्रमा शान्ति पुनर्स्थापित भएको छ र प्रहरी र रेन्जरहरूको ठूलो फौज चर्च र अल्पसंख्यक इसाई समुदायका घर बाहिर तैनाथ गरिएको छ । उनले विभिन्न भवनमा क्षति पु¥याउने प्रयासलाई प्रहरीले असफल बनाएको बताए ।
यस विषयमा मुख्यमन्त्रीले उच्चस्तरीय छानबिन गर्न आदेश दिएको र यस जघन्य अपराधमा संलग्न व्यक्ति न्यायबाट उम्किन नसक्ने बताए । यसैबीच, पञ्जाबका कार्यवाहक मुख्यमन्त्री मोहसिन नक्वीले तीनदेखि चार दिनभित्र अल्पसंख्यक क्रिश्चियन समुदायका सबै चर्च र घरहरू पुनर्स्थापित गर्ने वाचा गरे, जुन भीडले आक्रमण गरी जलाएको थियो ।

जारनवालामा सात दिनका लागि धारा १४४ लागू गरी सरकारी कार्यक्रमबाहेक सबै प्रकारका जमघटमा रोक लगाइएको छ । बिहीबार जरानवालाका सबै शैक्षिक संस्था, बजार र व्यापारिक प्रतिष्ठान बन्द रहे ।

अर्कोतर्फ, फैसलाबादका क्रिश्चियन समुदायका नेताहरूले बिहीबार जरानवालामा उनीहरूको पवित्र स्थान र घरहरूमा भएको क्षतिको आंकलन गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button