पादरी गंगाप्रसाद प्रधानको १७२ औँ जन्मस्मृति मनाउने तयारी
पादरी गंगाप्रसाद प्रधानको १७२ औँ जन्मस्मृति मनाउने तयारी
असार १७ (२०८०) काठमाण्डौँ
ने ेपाली भाषा साहित्यको अग्रज व्यक्तित्व पादरी गंगाप्रसाद प्रधानको १७२ औँ जन्मस्मृतिको अवसरमा ख्रीष्टिय जर्नलिष्ट फेलोसिप नेपालले पादरी गंगाप्रसाद प्रधानको योगदान र नेपाली इसाई समुदायको दायित्व विषयमा आधारित रहेर बिचार गोष्ठी कार्यक्रम गर्ने भएको छ ।
नेपाली भाषा साहित्य र नेपाली बाइबल अनुवादककारुपमा चिनिने पादरी गंगाप्रसाद प्रधानले नेपाली इसाई समुदाकोलागि अतुलनीय योगदान छोड्नुभएका छ । पादरी गंगा प्रसाद प्रदानको १७२ औँ जन्म स्मृतिको अवसर पारेर ललितपुरमा जुलाई ४ गते कार्यक्रम हुने भएको छ ।
पादरी गंगाप्रसाद प्रधानले सिंगो नेपाली भाषा साहित्यमा ठूलो योगदान पु¥याएको तर राज्यले ऐतिहासिक व्यक्तित्व पादरी गंगाप्रसाद प्रधानलाई चिन्न नसकेको पादरी गंगाप्रसाद प्रधानको विषयमा कलम चलाउने लेखक तथा पत्रकारहरुको गुनासो रहेको छ ।
पादरी गंगा प्रसाद प्रधानले परमेश्वरमा विश्वास गरेर इसाई समुदायको आत्मिक जागृतिको लागि काम गरेको हँदा धेरैले पादरी गंगाप्रसाद प्रधानलाई धर्म परिर्वतन गरेको आरोप लगाएर ओझेलमा पारेको भनाई छ ।