पादरी गंगाप्रसाद प्रधानको जयन्ती र जन्म–स्मृतिको अर्थ

–रेभ.डा. छत्र सुब्बा पावल
हालै जुलाई 4, 2023 को दिन हामीले विभिन्न ठाउँमा पादरी गंगाप्रसाद प्रधानको १७२ औं जयन्ती तथा जन्म–स्मृति मनायौं ।


संसारका मानिसहरूका जयन्ती मनाउँदा मनाउँदा केही ईसाईहरूलाई जयन्ती शब्द अलि अप्ठेरो लाग्दो रहेछ । तर त्यस्तो केही होइन । जयन्तीको अर्थ हुन्छ–कुनै व्यक्ति वा संघ–संस्थाको जन्मदिन, सो दिन मनाइने उत्सव (बृहत शब्दकोश) । शरद्मा फुल्ने एक किसिमको मसिना फुललाई जयन्ती–फुल पनि भनिन्छ ।


जयन्तीको अर्थ अझ वृहत छ । जयन्तीको खास अर्थ हो– त्यस व्यक्ति वा संस्थाले केही विशेष योगदान दिए वापत जयजयकार सहित उसको जन्मदिन मनाउनु ।
शब्दले भन्दा कार्यले मुख्य स्थान ओगट्नु पर्छ । पादरी गंगाले सारा नेपाली जगतको निम्ति ठूलो योगदान दिनुभएको कारण हामीले उहाँको जयजयकार सहित जन्मदिन मनाएको कारण यसलाई जयन्ती भन्दा खासै आपत्ति नभएर यतातिर यही शब्द बढी प्रयोग भएको देखिन्छ ।


सुनिन्छ नी गीत– “फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार ।”
निश्चय, प्रभु येशूको निम्ति चाहिँ हामीले जयन्ती शब्द चलाउनु मिल्दैन किनकि उहाँ मरेको मरेकै हुनुभएन तर उहाँ ता बौरी उठ्नु भएर आज पनि जीवित हुनुहुन्छ, अनि सदालाई जीवित हुनुहुन्छ । जिउँदो मानिसको चाहिँ जयन्ती होइन तर जन्म–दिन मनाएको भन्नु नै शब्दको अर्थले हामीलाई कर लाउँदछ । यसकारण ख्रीष्टको जन्मदिन भनिनु नै बढ़ी सान्दर्भिक र अर्थपूर्ण भएर जान्छ ।


ससाना शब्दहरूतिर होइन, तर ठूला ठूला कुराहरूतिर लागौं । पादरीज्यूबारे धेरै खोजबीन गरी प्रशस्त रचनात्मक कार्यहरू गर्नु बाँकी नै छ । तेतातिर ध्यान दिने

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button