पादरी गंगाप्रसाद प्रधान स्मृति पुरस्कार पास्टर लाजरस थुलुङलाई
असासर १९ (२०८०) ललितपुर
यस वर्षको पादरी गंगाप्रसाद स्मृति पुरस्कार गंगा प्रसाद प्रदाधनको १७२ औँ स्मृति दिवसको अवसरमा पास्टर तथा लेखक लाजरस थुलुङलाई प्रदान गरिएको छ ।
ख्रीष्टियन जर्नलिस्ट फेलोसिपद्धारा पादरी गंगाप्रसाद प्रधानको १७२ औँ जन्म स्मृतिको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमबाट पास्टर लाजर थुलुङलाई रु २५०००/– रासीको पुरस्कार सहित सम्मान गरिएको हो ।
पास्टर लाजरस थुलुङले नेपाली इसाई जगतमा थुप्रै ख्रीष्टियन किताबहरु लेख्नुभएको र ख्रीष्टियन लेखन क्षेत्रमा उहाँको अतुलनीय योगदान रहेको हुँदा उहाँलाई सम्मान गरिएको हो ।
‘पादरी प्रधानको योगदान र राष्ट्रको भूमिका’ विषयक विचार गोष्ठी तथा पादरी गंगाप्रसद प्रधानको बारेमा लेखक समय कुमार रम्तेलले लेख्नु भएको पुस्तक विमोचन भएको छ । लेखक समय कुमार रम्तेलले पादरी गंगाप्रसाद प्रधानको जीवन प्रकाशन गर्नुभएको छ ।
पादरी गंगाप्रसद प्रधानको जन्मसृति कार्यक्रममा एन.सिं एफ नेपालका अध्यक्ष हनोक तामाङ, विसप नारायण शर्मा, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष भवानी बराल लगायत अन्य वक्ताहरुले पनि मन्तव्य राख्नुभएको थियो ।
मन्तव्यमा वक्ताहरुले नेपाली भाषा र साहित्यमा अतुलनीय योगदान पु¥याउँनुभएको स्वर्गीय पादरी गंगाप्रसाद प्रधानलाई राज्यले नचिनेको गुनासो गर्नुभएको छ । पादरी गंगाप्रसादको योगदानलाई सबैलाई चिनाउन सबै लागिपर्नुपर्ने समेत बताउनुभएको छ ।