पास्टर जेम्स तामाङको नयाँ पुस्तक विमोचन
भदौ ७, गोरखा ।।
पास्टर जेम्स तामाङको ऋणबाट कसरी छुटकारा पाउने शिर्षकको पुस्तक विमोचन भएको छ । पास्टर जेम्स तामाङद्धारा लेखिएको उक्त पुस्तक गत शनिबार गोरखामा बिमोचन भएको हो ।
जेम्स तामाङको नयाँ पुस्तक ऋणबाट कसरी छुटकारा पाउने पुस्तकले ख्रीष्टियन जीवनलाई ऋणबाट स्वतन्त्र भएर समृद्ध जीवन जिउने बाइबलीय तरिकासँग जोडिएको छ ।
पास्टर तामाङ बोलीको शक्ति,ख्रीष्टमा तपाईँको बास्तविकता, जीवनका युद्धहरुमाथि विजय, ईश्वरीय साटफेर र निको पार्ने बचन लगायतका पुस्तकहरु प्रकाशित गर्नुभएको छ ।
नयाँ लोकापर्ण भएको नयाँ पुस्तक ऋण्बाट कसरी छुटकारा पाउने पुस्तक अध्ययन गरी पा विनय भण्डारी, पूस्पा खनाल, ठाकुर गुरुङ, केशब आचार्य लगायतले पुस्तकबारे शुभकामना सहित आफ्नो विचार लेख्नुभएको छ ।