पास्टर नरीराम लुहारको १२ औँ पुस्तक ‘चेलापन’ विमोचन्
असोज १४।। कन्चनपुर
भिमदत्त नगरपालिका वडा नं. ९ ब्रह्मदेवमा रहेको ख्रीष्ट महिमा मण्डलीका पास्टर रेभ. डा.नरीराम लुहारको १२ औँ पुस्तक ‘चेलापन’ शुक्रबार बिमोचन भएको छ ।
औपचारिक रुपमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि र ४ जना विशिष्ट अतिथि ज्यूहरुको संयुक्त बाहुलीद्वारा “चेलापन” पुस्तकको विमोचन गरिएको हो ।
ख्रीष्टियन विश्वासमा केन्द्रित रहेर लेखक डा. लुहारले लेख्नुभएको पुस्तक विश्वभरिका नेपाली भाषी सम्पूर्ण जन–समुदायको लागि एउटा आशिषको श्रोत हुने लक्ष्य राखिएको छ ।
लेखक रेभ. डा. नरीराम लुहार ख्रीष्ट महिमा मण्डली र निट्स बाइबल कलेजका संस्थापक तथा निर्देशक हुनुहुन्छ भने उहाँले गोल्ड मेडलियन, वल्र्ड रेकर्ड होल्डर, “राष्ट्रिय शिक्षा रत्न अवार्ड–२०२१” र “ग्लोबल बेष्ट प्रोफेसर गोल्डन पीकक् अवार्ड–२०२१” विजेता प्राप्त गर्नुभएको छ ।
लेखक रेभ.डा.नरीराम लुहारको सभाध्यक्षता रहेको पुस्तक विमोचन कार्यक्रममो प्रमुख अतिथिको रुपमा सम्माननीय व्यक्तित्व विजय एल बेथेल चर्च पुनर्वासका संस्थापक तथा बरिष्ठ पाष्टर रेभ. कामसिंह तामाङ्ग र सोही चर्चकी गुरु आमा हेक्ली तामाङ रहनुभएको थियो ।
सुदूरपश्चिम प्रदेशका एन.सि.एफ.का क्षेत्रिय अध्यक्ष बरिष्ठ पाष्टर रेभ. खडक सिंह तामाङ्ग ज्यू, तथा सिनै चर्च पुनर्वासका बरिष्ठ पा. मंगबिर तामाङ्ग ज्य, निवर्तमान कञ्चनपुर जिल्ला समन्वय समितिका अध्यक्ष आदरणीय श्री पैmरु तामाङ्ग, निट्स बाइबल कलेजका रजिष्ट्रार रेभ.महेश राम लावड़, सुदूरपश्चिम प्रदेश मण्डली सशक्तिकरण अभियानका निर्देशक पा. प्रदिप तामाङ्ग, निट्स बाइबल कलेज लुम्बिनी प्रदेशका निर्देशक पा.भुप बहादुर घर्ती मगर र ख्रीष्ट महिमा मण्डलीका संस्थापक सदस्य श्री दुर्गा देवी लुहार लगायत विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।
अतिथिपा. बल बहादुर तामाङ्ग, पा. ठुङ ग्रोङ तामाङ्ग, श्री लक्ष्मण पार्की, पा. मित्र राम तामाङ्ग, पा. होम राज खनाल, पा. बिस राम भुल, पा. जितेन्द्र तिरुवा, पा. सागर मसिह, श्री भरत लुहार, श्री सन्जय ओड, पा. श्याम घर्ती मगर, श्री रन्जिता राना र पा. मर्कूस तामाङ्ग रहनुभएको थियो ।
पुस्तक विमोचन कार्यक्रमको अवसरमा आगुन्तुक अतिथि तथा अग्रज ज्यूहरुलाई कदरपत्र समेत हस्तान्तरण गरिएको थियो ।
पा. होम राज खनाल ज्यूको सुरुको प्रार्थना रहेको पुस्तक विमोचन कार्यक्रममा नेपालका १३ वटा जिल्लाका आदरणीय पाष्टरहरु लगायत मित्र राष्ट्र भारतका ३ वटा प्रदेशका गरी करिब १५० जना सहभागीहरुको उपस्थितिमा आयोजित कार्यक्रमको सञ्चालन पा.खुसी राम चौधरीले गर्नुभएको थियो । समापन, आशिष र अन्तिम प्रार्थना गुरुआमा श्री हेक्ली तामाङ्ग ज्यूले गर्नुभएको थियो ।