पास्टर प्रदिप दासको ख्रीष्टमस विशेष ‘झिलिमिली’ सार्वजनिक

काठमाण्डौँ, २१ मंसिर ।। ख्रीष्टमसलाई लक्षित गरी निर्माण गरिएको पास्टर प्रदिप दासको ख्रीष्टमस विशेष ‘झिलिमिली’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।


ख्रीष्टमसलाई लक्षित गरी निर्माण गरेको म्यूजिक भिडियो पास्टर प्रदिप दासको अफिसियल युट्युव च्यानल प्रदिप दास बाट सार्बजनिक भएको छ । मानवजातिको पाप क्षामको लागि जन्मुनुभएको प्रभु येशूको जन्ममा गीतका शब्दहरु केन्द्रित रहेका छन् ।


“झिलिमिली उज्यालो तारा चम्किदै छ पुर्बमा हेर, झिलिमिली उज्यालो तारा चम्किदै छ पुर्बमा हेर हो हो हो…….बोलको गीतमा पास्टर प्रदिपदासको शब्द र स्वर रहेको छ ।


ख्रीष्टमस विशेष भएकाले यस वर्षको ख्रीष्टमसमा उक्त म्यूजिक भिडियोले ख्रीष्टियन समुदायमा मनोरन्ज प्रदान गर्ने अनुमान गरिएको छ । म्यूजिक भिडियो निर्माता तथा गायक समेत रहेका पास्टर प्रदिप दासले म्यूजिक भिडियो सार्वजनिक पछि राम्रो प्रतिक्रिया आएको बताउनुभएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button