पास्टर भक्तिप्रसाद पुनको निधन

काठमाण्डौं, १ चैत्र ।। आजीवन अभिषेक मण्डली,नाखा रुकुम पूर्वका पास्टर भक्तिप्रसाद पुनको ७६ वर्षको उमेरमा निधन भएको छ । पास्टर भक्तीप्रसाद पुनको काठमाण्डौंमा उपचारको क्रममा आज शुक्रबार बिहाना ६ बजे निधन भएको हो ।


पुनको प्राथिव शरिरलाई ललितपुर कुपोण्डोल स्थित नवजीवन ए.जी चर्चमा राखेर अन्तिम श्रदाञ्जलीसभा कार्यक्रमको आयोजना गरी आज नै दफन कार्यको लागि नुवाकोट लगिएको छ ।


रुकुम जिल्लाको ख्रीष्टियन इतिहासका धरोहर पास्टर पुनले आजीवन अभिषेक मण्डलीको स्थापनासँगै रुकुम पूर्वको नाखा गाउँमा सामाजिक रुपमा अतुलनीय योगदान पु¥याउनुभएको छ । रुकुम पूर्वको तकसेरामा २०२८ सालदेखि मण्डली सुरुभएसँगै पास्टर भक्तिप्रसाद पुनले सुसमाचार सुनेर नाखा गाउँमा चर्च स्थापना गर्नुभएको थियो ।


इमान्दारिताका साथ सेवाकाईमा सक्रिय रहेका भक्तिप्रसाद पुनको अन्तिम श्रदाञ्जलीसभामा ए.जी ए.न का अध्यक्ष सेलवन तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष एल.बी चौधरी लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।


उहाँका छोरा पास्टर जवाहरलाल पुन रुकुम पश्चिमको मुसिकोट ए.जी चर्चमा पास्टरीय सेवकाई गर्दै हुनुहुन्छ भने उहाँ कर्णाली प्रदेश ए.जी एन.का अध्यक्ष समेत हुनुहुन्छ । उहाँका अर्का छोरा पौलस पुन पनि लामो समयदेखि सेवकाईमा सक्रिय हुनुुहन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button