पास्टर मंगलमान महर्जन परमेश्वरको सेवामा सक्रिय रहेको ४० वर्ष पुगेको उपलक्ष्यमा वर्षगाँठ

काठमाण्डौं, २२ फागुन ।। क्वाइनोनिया पाटन मण्डलीका पास्टर रेभ.डा. मगंलमान महर्जन परमेश्वरको सेवामा सक्रिय रहेको ४० वर्ष पुगेको उपलक्ष्यमा वर्षगाँठ मनाइएको छ ।


क्वाइनोनिया पाटन मण्डलीले बिहिबार काठमाण्डौँको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमको आयोजना गरी रेभ.डा.मंगलमान महर्जनले सेवाकाईमा पु¥याएको योगदानको कदर गर्दै ४० वर्षगाँठ मनाइएको हो ।


नेपाली मण्डलीहरुले मण्डली स्थापना भएको उपलक्ष्यमा मण्डलीको वार्षिकोत्सव मनाएपनि पास्टरले सेवा पु¥याएको वर्ष गाँठ मनाइएको भने यो नौलो हो ।


पास्टर मंगलमान महर्जनले क्वाइनोनिया मण्डलीमा सेवा पु¥याएको विभिन्न विवरणहरु समेटिनेगरी स्मारिका समेत प्रकाशन गरेको छ । पास्टर मंगलमान महर्जनले सेवाकाई सुरु गरेदखिका संघर्ष र सफलताका विषयहरु स्मारिकामा समेटिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button