पास्टर ! मिठो सम्झना

हरि जिज्ञासु
म संधै परिवर्तनकारी लिडरहरुको सम्मान गर्छु । धर्मगुरुहरुलाई पनि देशको राजनीतिक लिडरहरु पछिको अर्को लिडरको रुपमा लिनसकिन्छ । राजनीतिक लिडरहरुले नागरिकको बिचार र भावनाको नेतृत्व गर्छन् भने धर्म गुरुहरुले नागरिकको आस्थाको नेतृत्व गर्नुहुन्छ । समाजलाई कसले कतातिर लैजान्छ फरक यत्ति हो ।


पास्टर ! म एक ख्रीष्टियन हुँ । विश्वको ख्रीष्टियानीटिलाई अध्ययन गर्दा विश्वको दुई तिहाई जनंख्याले परमेश्वरमा विश्वास गर्छ । जुन देशमा परमेश्वरमा स्वच्छ हृदयले विश्वास गरेका छन् ती देशहरुको अर्थतन्त्र र सामाजिक सुधारका धेरै कुराहरु धेरै सुधारात्मक छन् । ख्रीष्टियानीटि भनेको आस्था मात्र होइन विकास पनि हो ।


म हिन्दु आस्थालाई त्यागेर ख्रीष्टियन भएको हुँ । जसले हिन्दु धर्ममा आस्था राख्नुहुन्छ उहाँलाई म सम्मान गर्छु र उहाँको आस्थलाई पनि सम्मान गर्छु किनकि यो नेपाल हो मैले सबैलाई सम्मान गर्नुपर्छ । हामी सबै धार्मिक समुदाय मिलेर बस्नैपर्छ । आखिर मरेर लानु के छर ?


पास्टर ! केहि अराजकतालाई प्रीय ठान्ने व्यक्तिहरुले सामाजिक सद्भाव खलबलाउने संकेत बेलाबेलामा देखाइरहेका छन् । नेपालको ख्रीष्टियन समुदायलाई केन्द्रमा राखेका छन् । नेपाली इसाई समुदाय उहिलेदेखि नै देशको उच्चस्तरीय जिम्मेवारी निकाबाट नै निगरानीमा रहेको छ । हिजोआज कताकता चर्च तोडफोडका घटनाहरु पनि बाहिरीएका छन् । प्रीय पास्टर ! हामी नेपालमा अल्पसंख्यक समुदाय हौँ । तर हामीलाई अल्पसंख्यको मत्लव हुदैन । हामीलाई संख्या बढाउनुछैन । हाम्रो त मानिसकहरुको आत्मा बचाउने महान लक्ष्य मात्र हो ।


पास्टर ! हालसम्म विश्वसको तुलना गर्ने हो भने इसाई आस्थामा अगि बढेका देशहरु विकसित छन् । इसाई आस्थाले स्वर्ग जानेकुरा मात्र सिकाउँदैन मान्छेको असल चरित्र निमार्ण गरी नेतृत्व गर्न सिकाउँछ र आर्थिक रुपमा सफल हुन समेत सिकाउँछ । त्यसकारण प्रीय पास्टर ! तपाईँ भनेको नागरिकको आस्थाको नेतृत्व गर्ने व्यक्ति हो । तपाईँ सक्षम लिडर बनेर काम गर्नुपर्ने हुन्छ । ख्रीष्टियन पास्टरहरुले ढोंगी धर्म गुरु भनेर आलोचित कहिले हुनुहुदैन । चर्चमा आत्मिक सँगै विकास र अर्थतन्त्र सुधारको कुरालाई पनि प्रार्थामिकता दिनुहोला । छुवाछुत जस्ता विभेदहरुको अन्त्यको लागि हजुरले चर्चमा ठूलो प्रयास गर्नुपर्छ । किनकि तपाईँ आत्मिक मात्र होइन समाज रुपान्तरणको पनि जिम्मा लिएको एक महान लिडर हो ।


पास्टरहरुका अनगिन्ती समस्याहरु छन् । आफ्नो आर्थिक अवस्था, पारिवारिक अवस्था र अनेकौँ समस्याहरुलाई छेउमा राखेर विश्वासीहरुको सेवा गर्नु त्यो कम मुल्यको सेवा होइन । यो त महान सेवा हो । विशेषगरी गाउँघरका प्रिय पास्टरहरुको साधारण र निर्दोश सेवकाईलाई मैले अध्ययन गरेको छु । आफ्नो अभाव र खाँचोहरुमा पनि अरुको अभाव र खाँचो देख्ने महान लिडर भनेको पास्टरहरु हो ।

त्यसैले त उहाँ लिडर हुनुभएको हो । जो कोहि पास्टर हन सक्दैन । पास्टर हुनको लागि त्याग चाहिन्छ ।
पास्टर ! हामी विश्वासको गतिमा अगाडि बढ्ने मान्छेहरु हौँ । हाम्रो आस्थालाई संसारको कुनै पनि शक्तिले मेटाउन सक्दैन । हाम्रो आस्था भनेको स्वर्गसम्म जोडिएको आस्था हो । हामी मर्नको लागि मात्र बाँचेका होइनौँ हामी मरेर पनि बाँच्नको लागि बाँचिरहेका छौँ । त्यसकारण प्रीय पास्टर ! सतावटलाई सहनसक्ने एउटा महान बाइबलीय औषधी सेवन गर्नु र चर्चका सदस्यहरुलाई पनि त्यहि सिकाउनु । किनकि ख्रीष्टियानिटी त्यस्तो आस्था हो जसले हिंसात्मक गतिविधि गर्दैन । हिंसात्मक गतिविधि गर्नेलाई कानूनी कार्बाही गर्ने काम सरकारको हो सरकाले गर्नुपर्छ ।


हामी सबैसँग मिलेर बस्नुपर्छ र सबैको आस्थाको सम्मान गर्नुपर्छ । तपाईँको चर्च र घरको छिमेकीले तपाईँको आस्थाको विरोध अहिले गर्दैन । केहि अराजक निम्ताउन चाहाने प्रीय मान्छेहरुले संकेत देखाउनुहुन्छ त्यो पनि विस्तार साम्य होला हामी निरन्तर प्रार्थना गरौँ । पास्टर मिठो सम्झना ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button