पास्टर विरबहादुर तामाङको पहलमा आगालागी पीडितलाई आर्थिक सहयोग

झापा, २५ मंसिर ।। झापाको कमल–२ समयगढ,थापागाउँ निवासी आगलागी पीडित परिवार नरवती श्रेष्ठ परिवारलाई मंसिर २५ गते मंगलबार देश विदेशबाट जुटेको आर्थिक सहयोग रकम रु.४५,००० एक कार्यक्रम गरी समाजसेवी पास्टर बिर बहादुर तामाङले हस्तान्तरण गर्नुभएको छ ।


आइतबार बिहान करिब ३ः०० बजेको समयमा भएको आगलागीले घरमा लत्ताकपडाहरु,भाडाबर्तनहरु,खाद्यान्न सामाग्रीहरुसहित धनमाल जलेर खरानी भएको थियो ।


कमजोर आर्थिक अवस्थाकी नरवती श्रेष्ठको परिवारमा १० जना छन् । एक कठ्ठा जमिनमा श्रेष्ठको घरसहित करेसाबारी रहेको छ । बिजुली सर्ट भई आगलागी भएको थियो । खाना पकाउने सिलिन्डरसमेत आगलागीमा बिष्फोट भएको थियो । आगलागी पीडित परिवारलाई प्रार्थनासहित सहयोगको हात बढाईदिन सामाजसेवी व्यक्तित्व पास्टर बिर बहादुर तामाङले प्रार्थना विषयसमेत राख्नु भएको थियो ।


आगलागि पीडित परिवारलाई पा. फिलिप क्षेत्री USAबाट रु.३०,००० सुकमान गोले USA रु.१०,००० सङगा कुवँर नेपालबाट रु.५,००० सहयोग गर्नु भएको छ । सो आर्थिक सहयोग रकमले पीडित परिवारलाई धेरै ठूलो मिलेको छिमेकी मनु राईले बताउनु भयो ।

आर्थिक रकम हस्तान्तरण कार्यक्रममा कमल गाउँपालिका ईसाई समाजका पूर्व अध्यक्ष रेभ.भिक्टोर सुनुवार, झापा जिल्ला इसाई समाजका महिला उपध्यक्ष अनुग्रह तामाङ, कमल गाउँपालिका नारी ईसाई समाजका निवर्तमान अध्यक्ष बसन्त कुमारी आङदेम्बे राईको समेत उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button