पास्टर हरि तामाङ न्यायको प्रतिक्षामा रहेको ९ बर्ष वित्यो,अझै पाएनन् न्याय

असार २७ (२०८०) काठमाण्डौ – Hari Jigyasu
एन्टीओक मण्डली शंखमूल ललितपुरका पास्टर हरि तामाङको विषयमा २०७३ असार ९ गते मानव बेचविखन तथा धर्म परिवर्तन उद्योग सम्बन्धि जिल्ला अदालत ललितपुरमा मुद्धा दर्ता भयो ।


पास्टर हरि तामाङलाई २०७३ असार ३० गते जिल्ला प्रहरी कार्यालय ललितपुरले पक्राउ गरी अनुसन्धानको लागि ६ दिन हिरासतमा राखेको र ४ दिन पुर्वपक्षको लागि थुनामा राखेको पास्टर हरि तामाङको भनाई छ ।


पास्टर तामाङ ५० हजार धरौटीमा रिहाई भए पनि उहाँको मुद्धा निरन्तर जिल्ला अदालत र उच्च अदालत हुँदै अहिले सर्बोच्च अदालतसम्म पुगेको छ ।


मुद्धा चलेको १९ महिनामा अदालतले मानव बेचविखन सम्बन्धि कुनै पनि तथ्य फेला नपारेपछि अहिले सर्बोच्च अदालत धर्म परिवर्तन उद्योग विषयमा केन्द्रित रहेको पास्टर हरि तामाङ बताउनुहुन्छ ।


सर्बोच्च अदालत काठमाण्डौँमा १ लाख ८ हजार धरौटीमा मुद्धा खेपिरहेका हरि तामाङ आफू पक्राउ पर्नुको कारण यसरी बताउनुहुन्छ, “धनकुटामा रहेको माया आश्रम ५ वर्ष देखि नविकरण नभएपछि आश्रममा रहेका १४ जना बालबालिकाहरुलाई आफन्तको जिम्मा लगाउन तत्काल सम्भव थिएन । १४ जना बालबालिकाको दया लागेर मेरो मण्डलीमा केहि दिनलाई आश्रय दिएको थिएँ । त्यहि आश्रय दिएकको कारण मानवबेचविखन र धर्म परिवर्तन उद्योग सम्बिन्धी मुद्धा खेपिरहेको छु ।”


धनकुटामा सञ्चालित माया आश्रम आफ्नो नभएको र आफूले कुनै पनि तेस्तो आश्रम सञ्चालन नगरेको पास्टर तामाङको भनाई छ । उहाँले भन्नुभयो, “मैले त बालबालिकाको दया लागेर आश्रय दिएको थिएँ । आश्रम सञ्चालकको सहकार्यमा आफन्तको जिम्मा लगाउने तयारीमा थियौँ । मेरो मण्डलीमा त्यति धेरै बालबालिकाहरुलाई संधै राख्न सक्ने संभावना थिएन र मेरो क्षामता पनि थिएन् । असारको महिना भएको कारण तत्काल आफन्तको जिम्मा लगाउन सजिलो पनि थिएन ।”


अहिले पास्टर तामाङले सर्बोच्च अदालतमा धर्म परिवर्तन गराउने उद्योग सम्बिन्ध मुद्धाको सामाना गरिरहुनु भएको छ । धर्म भनेको व्यक्तिको आस्था भएतापनि धर्म परिवर्तन सम्बन्धि कानूनले पास्टर हरि तामाङलाई दुःख दिइरहेको छ । धर्म परिवर्तसम्बन्धी मुद्धा दर्ता भएको हरि तामाङमात्र पहिलो हुुन्नुहुन्न । किनकि नेपालको कानूनले व्यक्तिको विचार र आस्थाको बेवास्था गर्दै ख्रीष्टियन समुदायका धेरै व्यक्तिहरुलाई धर्म परिवर्तनको आरोपमा दुःख दिइरहेको छ ।


पवित्र विचारकोसाथ मानवको सेवा गर्न खोज्दा ९ वर्ष सम्म कानूनको झन्झट खिपिरहेको पास्टर तामाङले दुखेसो पोख्नुभयो । उहाँले भन्नुभयो “ ९ वर्ष भयो न्यायको प्रतिक्षामा रहेको अझै न्याय पाएको छैन । अब त न्याय पाउँछु कि भन्ने आशा छ । नेपालको कानून पनि कस्तो अच्चम सेवाको भावनाले बालबालिकाहरुलाई आश्रय दिँदा पनि यति धेरै झमेला खेप्नुपर्ने ?”

धर्म परिवर्तन उद्योग सम्बन्धि मद्धा चलिरहेकोले नेपाली इसाई समुदायको पक्षमा बोल्ने संघसंस्थाहरुले आफूलाई वास्था नगरेको पास्टर तामाङको दुखेसो छ । उहाँले भन्नुभयो, ‘मेरो पक्षमा कुनै पनि संघ संस्था बोलेनन् । अझ उल्टै समुदायको मान्छेहरुले, हरि तामाङको त धर्म परिवर्तन उद्योग सम्बन्धि मुद्धा नै होइन भनेर भ्रम फैलाए । तर म परमेश्वरसँगको भरोसाको साथ एक्लै लडेको छु । मलाई विश्वास छ एक दिने न्याय पाउनेनै छु ।”

Related Articles

One Comment

  1. नेपालमा कानुन भनेको जो बोल्न सक्दिन उस्लाइ लाग्छ कि राम्रो काम गर्नेलाई लाग्छ कि इसाईलाई लाग्छ र गरिबलाई लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button