पुनरुत्थान दिवसको अवसरमा रक्तदान कार्यक्रम

पर्सा, ७ वैशाख ः मानिसको पाप क्षमाको लागि येशू ख्रीष्ट मृत्य पछि जीवित भएको उपलक्ष्यमा मनाइने पुनरुत्थान दिवसको अवसरमा पर्सा ख्रीष्टियन समाजले आज विरगञ्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।


ख्रीष्टियन समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ९ महिला सहित ३२ जनाले रक्तदान गरेको पर्सा इसाई समाजका अध्यक्ष प्रेम घिमिरेले जानकारी दिनुभयो ।


पुनरुत्थान दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा रेडक्रस पर्सा जिल्ला सभापती ब्रिज किशोर पटेल रहनुभएको थियो ।


पुनरुत्थानद दिवस खुसी साटासाट गर्ने पर्व समेत रहेकोल सामाजिक सद्भावको लागि हिन्दु र मुस्लिम धार्मिक समुदायका व्यक्तिहरु सहभागी भएर रक्तदान गरेको पर्सा इसाई समाजका अध्यक्ष प्रेम घिमिरेले जनाउनुभयो ।


आज आइतबार पुनरुत्थान दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी इस्टर सण्डे मनाइएको छ भने धेरै ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button