पुरातत्वविदहरुले निकै दुर्लभ भजनको शिलालेख पत्ता लगाए

असोज २७ (काठमाण्डौ)
यरूशलेमको हिब्रु विश्वविद्यालयका पुरातत्वविद्हरूले इजरायलको यहुदी मरुभूमिको दुर्गम ठाउँमा एउटा निकै पुरानो भनजको शिलालेख फेला पारेका छन् ।
हिब्रु विश्व विद्यालयकोे विज्ञप्ति अनुसार, कार्सन–न्यूम्यान युनिभर्सिटी, अमेरिकन वेटरन्स पुरातात्विक रिकभरी,जेरुसेलमको हिब्रु विश्वविद्यालयका ओरेन गुटफेल्ड र मिचल हेबरको नेतृत्वमा चार हप्ता उत्खनन्को प्रयास पछि उक्त भजनको शिलालेख फेला परेको जनाइएको छ ।
फेला परेको ऐतिहासिक शिलालेखमा कोइन ग्रीक भाषामा भजन लेखिएको छ । जुन भाषामा नयाँ नियमको पुस्तक समेत लेखिएको थियो । त्यहाँ लेखिएको छ “येशू ख्रीष्ट, मलाई रक्षा गर्नुहोस्, किनकि म गरिब र खाँचोमा छु,“ शिलालेखमा लेखिएको छ ।’
यो पाठलाई बार–इलान विश्वविद्यालयका एपिग्राफिस्ट डा. अव्नेर एकरले बुझेका थिए । जसले यो भजनसंग्रह ८६ः१–२ को एउटा वाक्यांश हो, जसलाई दाउदको प्रार्थना पनि रहेको बताएका छन् ।
भजनको पहिलो दुई पदहरू भनिएको छ ‘मलाई सुन्नुहोस्, प्रभु, र मलाई जवाफ दिनुहोस्, किनकि म गरिब र खाँचोमा छु । मेरो जीवनको रक्षा गर्नुहोस्, किनकि म तपाईंप्रति वफादार छु ।
अनुसन्धान कर्ता गुटपेल्डले भने “यो धेरै दुर्लब चिज हो यसको संरक्षण हामीले गर्नुपर्ने हुन्छ । अनुसन्धाकर्ताहरुले त्यसको छेउमा अर्को शिलालेख पनि फेला पारेका छन् तर त्यसलाई अझै प्रमाणीकरण गर्न भने सकेका छनैनन् ।