पेन्तेकोस्त आइतबार के हो ? किन केही चर्चहरूले मनाउँछन् भने केहीले मनाउँदैनन् ?

पेन्तेकोस्त आइतबार ख्रीष्टियन धर्मको धर्मसंम्बन्धी पात्रोमा एक विशेष दिन हो, जुन प्रेरितहरूमा पवित्र आत्मा ओर्लिएको घटनाको सम्झनामा मनाइन्छ। यो घटना प्रेरितहरूको काम २:१–१३ मा उल्लेख गरिएको छ।
द क्रिश्चियन पोस्ट ले केही इभान्जेलिकल (सुसमाचारवादी) धर्मगुरुहरू सँग यो दिनको महत्त्वबारे कुराकानी गरेको छ।

बाइबल अनुसार, पवित्र आत्मा ओर्लिएपछि प्रेरितहरू विभिन्न भाषाहरूमा बोल्न थालेका थिए, र उनीहरूको टाउकोमाथि ज्वालाको जस्तो देखिने कुराहरू देखिएको उल्लेख गरिएको छ।

यो दिनलाई प्रायः “चर्चको जन्मदिन” को रूपमा चिनिन्छ। पेन्तेकोस्त इस्टर (पुनरुत्थान पर्व) पछिको ५० औं दिनमा पर्छ, तर इस्टरजस्तै यसको मिति स्थायी हुँदैन।
यस वर्ष पेन्तेकोस्त आइतबार जुन ८ मा पर्छ।

धेरैजसो परम्परागत ख्रीष्टियन धर्मसम्प्रदायका चर्चहरूले यस दिनलाई विशेष पूजा, रातो पहिरन लगाउने चलन र नयाँ सदस्यहरूलाई पुष्टि गर्ने कार्यद्वारा मनाउँछन्।

तर, केही गैर-सांस्थानिक (non-denominational) वा कम परम्परागत इभान्जेलिकल चर्चहरूले भने पेन्तेकोस्तका लागि कुनै विशेष कार्यक्रम वा पूजा गर्दैनन्।

२०११ मा द क्रिश्चियन पोस्टसँगको अन्तर्वार्तामा मिशिगनका इभान्जेलिकल पादरी रोन बेन्सन ले भनेका थिए,

“अधिकांश स्वतन्त्र प्रकृतिका इभान्जेलिकलहरूले चर्चको पात्रो नमान्ने भएकाले क्रिसमस र इस्टर बाहेक अरु पर्वहरू प्रायः मनाउँदैनन्।”

उनले थपे, धेरै गैर-सांस्थानिक चर्चहरूले पेन्तेकोस्त नमनाउनुको अर्को कारण “चारिस्माटिक (आध्यात्मिक प्रदर्शनयुक्त)” पूजा देख्दा हुने असहजता हो।

“दुर्भाग्यवश, पेन्तेकोस्तका नाममा हुने अतिरञ्जित आत्मिक प्रदर्शनका कारण यो पर्व मनाउन केही चर्चहरू हिच्किचाउँछन्,” बेन्सनले भने।

तर केही गैर-सांस्थानिक चर्चहरूले भने पेन्तेकोस्तको बाइबलीय घटनालाई पूरै बेवास्ता गरेका छैनन्।

ओहायोको लाइफ सिटी चर्च, पिकरिङ्टन का सहायक पादरी म्याटी हप्प ले द क्रिश्चियन पोस्टलाई भने,

“हामी पेन्तेकोस्त आइतबार विशेष कार्यक्रम नगरे पनि यसको बाइबलिक महत्त्वलाई बेवास्ता गर्दैनौं।”

“हामी सामान्यतया प्रेरितहरूको काम अध्याय २ बाट शिक्षा दिन्छौं, जहाँ पवित्र आत्माले विश्वास गर्नेहरूलाई सामर्थ्य दिनुभएको र उनीहरूले शक्तिसाथ साक्षी गर्न थालेको उल्लेख छ।”

हप्पले भने,

“हामी क्रिसमस वा इस्टरमा जति योजना र प्रचार–प्रसार पेन्तेकोस्तमा नगरे पनि, यसले त्यो दिनको महत्त्वलाई कम बनाउँदैन।”


लेखक: माइकल ग्राइबोस्की, सम्पादक | शनिबार, जुन ७, २०२५

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button