पोखरेली ख्रीष्टियन युवा संगतिद्वारा आयोति नृत्य प्रतियोगितामा मारानाथा चर्च प्रर्थम

साउन २८ (२०८०) पोखरा
पोखरेली ख्रीष्टियन युवा संगतिले आयोजना गरेको नृत्य प्रतियोगितामा पोखराको मारानाथा चर्चका युवाहरु प्रर्थम भएका छन् । ख्रीष्टियन युवाहरुमा भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले शनिबार पोखरामा आयोजित नृत्य प्रतियोगितामा युवाहरु प्रर्थम भएका हुन् ।
प्रतियोगितामा मारानाथा चर्च प्रथम, नदीपुर चर्च द्वितिय, बागबजार चर्च तृतीय र जागृति चर्चले सान्त्वना स्थान हासिल गरेका छन् । प्रथम चर्च मारानाथाले नगद रु १५ हजार, ट्रफी र प्रमाण पत्र, द्वितीयले नगद रु १२ हजार, ट्रफी र प्रमाण पत्र, तृतीयले नगद रु ८ हजार ट्रफी र प्रमाणपत्र र सान्त्वनाले नगद रु ४ हजार र प्रमाणपत्र प्राप्त गरेका छन ।

पोखरामा रहेका सबै मण्डलीका युवाहरु आत्मिक रुपमा एकतामा रहेर सामाजिक काम र परमेश्वरको महिमा हुने कामसँगै सामाजिक काम गर्नका लागि वि.स.२०४४ सालमा पोखरेली ख्रीष्टिय युवा संगतिको स्थापना भएको अध्यक्ष सुवास मसिहीले जानकारी दिनुभयो ।
पोखेरेली ख्रीष्टियन युवा संगतिका अध्यक्ष सुवास मसिहीले भन्नुभयो, “अहिले पोखरामा रहेका करिब ५७ भन्दा बढि मण्डलीहरुका युवाहरु पोखरेली युवा संगतिमा आवद्ध हुनुहुन्छ । हामीले मिलेर काम गरेका छौँ । हाम्रो प्रत्येक महिनाको १ पटक संयुक्तरुपमा संगति हुनेगर्छ ।”
पोखरेली ख्रीष्टियन युवा संगतिले विशेषगरी युवाहरुको आत्मिक जागृतिको क्षेत्रमा काम गर्दै आएको छ । वि.सं. २०४४ सालमा स्थापना भएको युवा संगतिले प्रत्येक वर्षको एकपटक वार्षिक सम्मेलनको पनि आयोजना गर्दै आएको छ । वार्षिक सम्मेलमा करिब ५०० देखि १२०० जति युवाहरुको सहभागी हुनेगर्छ ।

लगातर परिरहेको झरीकोबीच पनि युवाहरुको बाक्लो उपस्थितिले हल भरिएको थियो । मारानाथा चर्च कस्केरीमा आयोजित कार्यक्रममा सोही चर्चका युवाहरुले आराधना अगुवाई गरेपश्चात कार्यक्रम सुरु भएको थियो ।


कार्यक्रममा निर्णायकको भुमिकामा नृत्य तथा संगित प्रशिक्षक दिलीप गायक र माधव गुरुङ साथै नृत्य प्रशिक्षक रिना जलारी पुन हुनुहुन्थ्यो । औपचारिक कार्यक्रमको सन्चालन पोखरेली ख्रीष्टिय युवा संगतिका कोषाध्यक्ष साजन परियारले गर्नुभएको थियो भने प्रतियोगिताको सञ्चालन पोखरेली ख्रीष्टिय युवा संगतिका सदस्य सुरेश तामाङले गर्नुभएको थियो ।


कार्यक्रमकी संयोजक कोपिला खाती क्षेत्रीका कार्यक्रम निकै नै आशिषमय भएको र झरीमा पनि युवाहरुको जोश देख्दा अझै युवाहरुको लागि केही गर्ने प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रमको समापन तथा अन्तिम प्रार्थना पोखरेली ख्रीष्टिय युवा संगतिका अध्यक्ष सुबास मसिहीले गर्नुभयो ।


पोखरेली ख्रीष्टियन युवा संगतिले आयोजना गरेको नृत्य प्रतियोगिताको लागि पुरस्कार प्रयोजन रेडियो अपोस्टल, चडामान गुरुङ, न्यू टाइपिङ इन्स्टिच्युट, हरियो खर्क अस्पताल, विश्वमैत्री भाषा तथा तालिम केन्द्र, बब्लु खवास, तिलकजङ गुरुङ, सन्देश गुरुङ (हट एण्ड स्पाइसी) र प्रशान्त गुरुङ रहनुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button