पोखरेली ख्रीष्टियन समुदायको अध्यक्षमा रामप्रसाद शर्मा

असोज ७ / २०८० (कास्की)
पोखरेली ख्रीष्टियन समुदायको अध्यक्षमा नयाँ गाउँ मण्डलीका एल्डर रामप्रसाद शर्मा (लाजरस हितैषी) अध्यक्षमा चयन हुनुभएको छ ।


पोखरेली ख्रीष्टिय समुदायको २८ औँ वार्षिक साधरण सभा तथा अधिवेशनबाट एल्डर राम प्रसाद शर्मा अध्यक्ष पदमा चयन हुनुभएको हो ।


दुई वर्ष कार्याकाल रहनेगरी पोखरेली ख्रीष्टियन समुदायको नयाँ कार्यसमिति चयन भएको छ । जसमा अध्यक्ष, एल्डर रामप्रसाद शर्मा (लाजरस हितैषी), उपाध्यक्ष पा.कालु तामाङ, महासचिव पा.सन्जिप थापामगर, सचिव पा.सन्तोष बराल, सह सचिव पा.भोजबहादुर गुरुङ (काजी), कोषाध्यक्ष पा.राम कुमार श्रेष्ठ, सह–कोषध्यक्ष एल्डर जीवन ठकुरी रहनुभएको छ ।


त्यसैगरी सदस्यमा पा.होम तामाङ, पा.प्रेम तामाङ, ए.लुका थापा, पा.दानिएल गुरुङ, पा.मैते तामाङ र ए.प्रमोद मुल्मी रहनुभएको छ ।


२८ औँ वार्षिक साधारणसभाको अवसरमा गठन भएको नयाँ कार्यसमितिका अध्यक्ष एल्डर राम प्रसाद शर्माले अध्यक्ष जस्तो महत्वपूर्ण जिम्मेवारी आफूमाथी आएपछि पोखरेली ख्रीष्टियन समुदायमा आफूहरुले महत्वपूर्ण काम गर्ने बताउनुभएको छ ।


नयाँ कार्यसमिति गठन भएपछि निवर्तमान कार्य समितिलाई हालसम्म पोखरेली ख्रीष्टियन समुदाको लागि गरेको कामको मुल्याङ्कन गर्दै कदर पत्र समेत हस्तान्तरण गरिएको छ ।


कार्यक्रममा आर्थिक वर्ष २०७९/२०८० को वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने लामाचौर चर्चका एल्डर के.बि (भक्त) थापाले परमेश्वरको बचनबाट पाठ गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button