पोप फ्रान्सिसद्वारा इजरायल र हमास बीचको द्वन्द अत्यका लागि उपवास प्रार्थनाको घोषणा
कात्तिक ४ (काठमाण्डौँ)
इजरायल र हमास समहु बीचको द्वन्द अन्त्यका लागि शान्तिको अनुरोधनकोसाथ पोप फ्रान्सिसले उपवास र प्रार्थनाको आह्वान गर्नुभएको छ ।
पोप फ्रान्सिसले गत बुधबार एउटा समारोहमा बोल्दै अक्टोबर २७ मा इजरायल र प्यालेस्टाइनको निम्ति उपवास सहितको प्रार्थना गर्न चर्चको सदस्यहरुलाई प्रार्थनालागि निमन्त्रणा गर्ने निर्णय गर्नुभएको हो ।
पोप फ्रान्सिसले शान्तिको लागि ख्रीष्टियन समुदायलेमात्र नभई सबै धर्ममा आस्थावान व्यक्तिहरुले प्रार्थना गर्नुपर्ने बताउनुभएको छ । अक्टोबर २७ मा जागरण सेन्टर स्क्वायरमा बेलुकी ६ बजे उपवास सहित प्रार्थना भेला हुनेछ ।
प्रर्थाना सभामा ख्रीष्टियनहरुले पोप फ्रान्सिससँगै करिब १ घण्टा इजरायल र हमास समुहको द्वन्दको अन्त्यसँगै विश्व शान्तिको लागि प्रार्थना गर्नेछन् ।
इजरायल र प्यालेस्टाइनको तत्कालको अवस्थालाई जोड दिदँै पोप फ्रान्सिले भन्नुभभयो, ‘पीडितहरुको संख्या पढ्दैछ र गाजा सहरको अवस्था भयानक छ । यस्ता मानवीय विपत्तिको चाँडै अन्त्य हुनुपर्छ ।’
दुःख व्यक्त गर्दै पोप फ्रान्सिसले थप्नुभयो, “म विश्वासीहरूलाई यस द्वन्द्वमा एउटा पक्ष मात्र लिन आग्रह गर्दछु ः शान्तिको । तर शब्दमा होइन – प्रार्थनामा, पूर्ण समर्पणका साथ ।’
द्वन्द्व जारी रहँदा, संयुक्त राष्ट्र संघको रिपोर्ट गरे अनुसार, १० दिनमा ४२०० भन्दा बढीको ज्यान गएको छ र एक लाख भन्दा बढी मानिसहरू विस्थापित भएका छन् ।
सम्बोधनमा पोप फ्रान्सिसले बिन्ती गर्दै भन्नुभयो “विश्वमा यति धेरै युद्ध मोर्चाहरू खुलेका छन्, किनकि द्वन्द्वको सम्भावित अवस्था निकै चिन्ताजनक छ । हतियारहरू मौन रहुन् र गरिब जनता र बालबालिको चित्कार सुनौँ र उनीहरुको निम्ति परमेश्वरसँग प्रार्थना गरौँ । दाजुभाइ र दिदीबहिनीहरू, युद्धले कुनै पनि समस्याको समाधान गर्दैन । यसले केवल मृत्यु र विनाश मात्र ल्याउँछ । घृणा बढाउँछ, बदला फैलाउँछ ।