प्रार्थनाको जीवनले हामीलाई जिउन सहज बनाउछ

ख्रीष्टियन विश्वासको एउटा महत्वपूर्ण क्षेत्र भनेको प्रार्थना हो । प्रार्थनाले परमेश्वर मानिसको सम्बन्धलाई नजिक बनाउने कार्य गर्दछ । निरन्तर परमेश्वरसँग प्रार्थना गर्नुले मानिसलाई आफूले के गर्दैछु र कहाँ जाँदैछु भन्ने कुराको हेक्का हुन्छ ।


जव हामीले महत्वपूर्ण कार्यको थालनी गर्दछौँ त्यहि समयमा परमेश्वरसँग प्रार्थना गरेमा हामीलाई त्यो महत्वपूर्ण काम गर्नको लागि उर्जा मिल्छ । कुनै ठाउँको यात्रा गर्दा तपाईँले एकपटक परमेश्वरलाई सम्झेर यात्रा गर्नु र परमेश्वरसँग प्रार्थना नगरेर निस्कदाको केही फरक पक्कै पाउँनुहुन्छ । तपाईँ जव प्रार्थना गरेर घरबाट निस्कनुहुन्छ त्यो दिनभरी तपाईँलाई सुरक्षाको महसुस् हुन्छ ।


परमेश्वरसँगको प्रार्थनाले मानिसको जीवनलाई सहजसाथ अगाडि बड्न मदत गर्नेगर्छ । तपाईँले देश र समाजको भलाईको लागि निरन्तर रुपमा परमेश्वरसँग प्रार्थना गरिरहनुभयो भने प्रार्थनाको शक्तिले यो देशमा एक दिन परिवर्तन आउनेछ । मानिसहरुले सकारत्मक काम गर्नथाल्नेछन् । देशमा विस्तारै सुधार आउन सक्छ । तर तपाईँ र हामीले देशको भलाईको निम्ति प्रार्थना गरेनौँ भने तपाईँ र म आफै नै देशमा खुसी हुँदैनौँ ।


हाम्रो ख्रीष्टियन जीवन भनेको अरुको भलो चाहाने जीवन हो । जसले सँधै अरुको भलो चाहान्छ । त्यसकारण हामी निरन्तर चर्चमा देश र देशका नागरिकको लागि परमेश्वरसँग प्रार्थना गरिरहेका हुन्छौँ । प्रार्थनाले हृदय परिवर्तन गर्न सक्छ । प्रार्थनाको जीवनले अरुको जीवनमा सुधार आउँछ भने आफ्नै जीवनमा पनि सुधार आउने गर्छ । त्यसकारण हामीले निरन्तर रुपमा परमेश्वरसँग आफूले गर्दै गरेको कार्य र आफ्नो अवस्थाको निम्ति परमेश्वरलाई धन्यवादसाथ प्रार्थना गर्नु आवश्यक छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button