प्रार्थना र परिश्रमले १५ कर्मचारी सम्मान गर्न पुगेका बलबहादुर

काठमाण्डौँ, ६ असोज ।। सल्यानका बलबहादुर ओलीको नामबाट काठमाण्डौँमा परिचित छ बि.बि ओली मिट सप । त्यही मिट सपलाई हाल बलबहादुरले बि.बि ओली मिट मार्टको रुपमा चलाईरहनुभएको छ ।


परमेश्वरसँगको प्रार्थनासहित परिश्रम गर्ने बलबहादुरले २०७२ सालमा सानो रकमबाट एउटा सानो मासु पसल सुरु गरेको बताउनुहुन्छ । व्यापार सुरु गर्दा बलबहादुरका थुप्रै संघर्षका कथाहरु छन्, जनु कथा जोकोहीलाई पनि सुन्न मजा लाग्छ ।


आज आइतबार बलबहादुर ओलीले काठमाण्डौँमा एउटा कार्यक्रमको आयोजना गरेर आफ्नो १५ जना कर्मचारीलाई सम्मान गर्नुभएको छ । जागिरको खोजिमा भौतारीरहेका बलबहादुरले २०७२ सालमा सुरु गरेको मासु पसल अहिले फैलिएर काठमाण्डौँ उपत्यकाको ४ ठाउँमा सञ्चालनमा आएको छ ।


नैकाप, ढुगेअडड, कीर्तिपुर र कालोपुल गरी जम्मा चार ठाउँमा अहिले बि.बि ओली मिट सपको शाखा सञ्चालन भएका छन् । बि.बि ओली मिट मार्टलाई भविश्यमा ब्राण्डको रुपमा बिस्तार गर्ने बलबहादुरको लक्ष रहेको छ ।


बलबहादुर भन्नुहुन्छु, “म सबै भन्दा पहिलो प्राथामिकता मेरो परमेश्वरलाई दिन्छु । मेरो व्यवसाय सफल भएर मैले मेरो परमेश्वरलाई विर्सिएँ भने त्यो कुनै अर्थ हुँदैन । अहिले जसरी म सफल भएको छु त्यो मेरो परमेश्वर र बि.बि ओली मिट मार्टमा काम गर्ने कर्मचारीको कारण सफल भएको छु ।”


बलबहादुर ओलीले बि.बि ओली मिट सप कर्मचारी सम्मान कार्यक्रम गरी कम्पनीको काममा सक्रिय रहेका तीनजना कर्मचारीलाई समेत सम्मान सहित पुरस्कार वितरण गर्नुभएको छ । कम्पनीमा काम गर्ने सबै कर्मचारीलाई समयमै तलब दिएको कारण र संधै हौसला उत्साह दिएको कारण सम्मानित हुने १५ जना कर्मचारी पनि खुसी भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button