प्रार्थना सभामा सहभागीपछि राष्ट्रपतिको सपथ ग्रहण गर्दै डोनाल्ड ट्रम्प

काठमाण्डौं ।। अमेरिकाको ४७ औं राष्ट्रपतिको रुपमा राष्टपतिमा निर्वाचित ७८ वर्षिय डोनाल्ड ट्रम्पले सोमबार सपथ ग्रहण गर्ने भएका छन् । ह्वाइटहाउस प्रवेश गर्नु अघि राष्ट्रपति ट्रम्प बिहान सेन्ट जोन्स चर्चको प्रर्थाना सभामा सहभागी हुने जनाएको छ ।
प्रार्थना सभा पछि बर्तमाण राष्ट्रपति जोबाइडेन र ट्रम्पको भेटघाटपछि जिम्मेवारी हस्तान्तरण हुनेछ ।


सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्प र उनका उपराष्ट्रपति जेडी भान्सलाई शपथ गराउनेछन् । यस अवधिमा ट्रम्पको देब्रे हात बाइबलमा हुनेछ । उनकी पत्नी मेलानियाले बाइबल समात्ने छिन् ।


शपथपछि ट्रम्पको भाषण हुनेछ । ट्रम्पले आफ्नो अन्तिम कार्यकालको शपथ ग्रहणका क्रममा १७ मिनेट बोलेका थिए । शपथपछि क्यापिटल हिलमा कलाकारहरूको साङ्गीतिक प्रस्तुति पनि रहने छ । यसपटक हलिउडका अधिकांश कलाकारले चुनावमा कमला ह्यारिसलाई समर्थन गरेका थिए । ट्रम्पको लागि कसले प्रस्तुति दिनेछ भन्ने स्पष्ट छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button