फिनल्याण्डमा नेपाली संगति एक ठाउँमा मात्र
फिनल्याण्डमा अहिलेसम्म एक ठाउँमा मात्र नेपाली संगति सुरु भएको छ । रोजगार तथा उच्च शिक्षा अध्ययनको लागि १२ हजार बढि नेपालीहरु फिनल्याण्डमा रहेता पनि नेपाली संगति भने एक ठाउँमा मात्र छ । हाल फिनल्याडको राजधानी हेल्सिन्कीमा नेपाली संगति सञ्चालनमा आइरहेको छ ।
अध्ययन र अफिसको कामको व्यस्थताको कारणले नेपालीरुले हाल महिनामा २ पटक संगति गरिरहनुभएको छ । नेपाली संगति फिनल्याण्डका एक सदस्यका अनुसार फिनल्याण्डमा आफूहरुले सन् २००८ देखि नेपालीहरुको बीचमा भेटघाट तथा सुसमाचारीय कार्यक्रमहरु गरेको बताउनुहुन्छ । उहाँको अनुसार फिनल्याण्डमा २००८ सालदेखि नै बेलाबेलामा घरिलो संगति सुरुवात भएको थियो ।
हाल फिनल्याण्डमा नेपाली संगति एक महिनामा दुई पटक संगति हुने गरेको छ भने सेवकाईको नेतृत्व फिनल्याण्ड नेपाली संगतिका एक सदस्य डेविडले गर्नुभएको छ । नेपालीहरुको संगतिको लागि फिनल्याण्डको एउटा पेन्टिकोष्टल चर्चले भवनमा संगति गर्ने समय उपलब्ध गराएको छ ।
सन् २००८ सालदेखि बेलाबेलामा सुसमचारीय कार्यक्रम र संगति गरेता पनि नेपाल आवातजावत गर्नेभएकाले संगतिले निरन्तरता पाएको थिएन । महिनामा एक पटक नेपाली संगति हुने गरेको फिनल्याडमा सन् २०२१ देखि महिनामा दुई पटक संगति हुने गर्छ ।
रोजगार तथा उच्च शिक्षा अध्ययनको फिनल्याण्ड नेपालीहरुको गन्तव्य देश भएता पनि हाल नेपाली संगतिमा २० देदि २५ जना मात्र एउटा संगतिमा सहभागी हुने गर्नुहुन्छ । फिनल्याण्ड नेपाली संगतिका एक सदस्यले भन्नुभयो, “अब हामी फिनल्याण्डमा प्रत्येक हप्ता साप्ताहिक संगति नै गर्ने योजना बनाएको छौँ । अध्ययन र अफिसको कामले गर्दा समय मिलाउन नसकीने र विश्वासीहरु टाढाटाढा भएका कारण हप्तामा एकपटक भेला हुन गाह्रो भएको हो ।”
रोजगारी तथा उच्च शिक्षा अध्ययनको लागि फिनल्याण्ड गएका नेपालीहरुलाई संगतिको आवश्यकता परेमा फिनल्याण्ड नेपाली संगति फेसबुक पेज फलो गरेर सम्पर्क गर्न फिनल्याण्ड नेपाली संगतिका एक सदस्य हिरा ले जानकारी दिनुभएको छ । ईष्टर र ख्रीष्टमसको समयमा फिनल्याड नेपाली संगतिले नेपाली र फिनल्याण्डका नागरिकहरुको बीचमा भेटघाट तथा सुसमाचारीय कार्यक्रमरु गर्दै आएको छ ।
भदौ १४, (फिनल्याड)