बजेटले व्यवसायमा पार्ने प्रभावबारे अभिमुखिकरण कार्यक्रम

ललितपुर २२, ललितपुर उद्योग बानिज्यसंघले आर्थिक वर्ष २०८०/०८१ को बजेटले उद्योग व्यपार व्यवसायमा पार्ने प्रभावको बारेमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
ललितपुर जिल्लाका उद्यागी व्यवसायीहरुलाई आर्थिक वर्ष २०८०/०८१ को बजेटले व्यवसायमा पार्ने प्रभाव र आँउदै गरेको मौद्रिक नीति बारे अवगत गराउन अभिमुखीकरण कार्यक्रमको गरेको हो ।


अभिमुखीकरण कार्यक्रममा बरिष्ठ अर्थविद् अच्युत वाग्लले विगतका बन्देजकारी नीतिहरुको पर्याप्त समिक्षाको अभावमा अब आउने मौद्रिक नीति पनि संकुचनकारी हुन सक्ने सम्भावना रहेको बताउनुभयो ।


नेपाल आर्थिक मन्दीबाट उन्मुख हुनको लागि नीतिगत समन्वय, सरकारको विश्वसनीयता, वित्तीय संघियता कार्यन्वयन, आर्थिक कुटनीतिमा राम्रो दख्खल हुनुपर्ने अर्थविद् अच्युत आग्यले बताउनुभयो । उहाँले भन्नुभया, ‘परम्परागत वित्त नीति र सरकारले कम खर्च गर्ने रणनीतिले अर्थतन्त्रमा थप समस्या निम्ताउने जोखिम बढ्ने छ ।’


अभिमुखीकरण कार्यक्रममा व्यवसायीहरुले अत्याआवश्यक वस्तु आलु र प्याजमा पनि अत्याधिक कर लगाएको गुनासो गरेका छन् । कुहीएर जाने आलु र प्याजमा सरकारले कर लगाएको कारण व्यवसायीहरु मर्कामा परेको व्यवसायीहरुको भनाई छ ।
त्यस्तैगरी सुनचाँदी व्यवसायीहरुले पनि सुनचाँदि विलासिताको वस्तु भनेर राज्यले अत्याधिक कर लगाएकोे गुनासो रहेका छन् । यदि हामी व्यवसायीहरुले गल्ती गरेका छौँ भने पत्र काटेर कर कार्यलयमा बोलाइयोस तर छापामार सैलीमा अनुगमनमा नआउन व्यवसायीहरुको भनाई छ ।


सिमा क्षेत्रमा नेपालीहरुले एक सय रुपैँयाको समान ल्याउँदा पनि कर तिर्नुपर्ने नीति ल्याएर सरकारले जनतालाई दुःख दिइरहेको व्यवसायीहरुले गुनासो पोखीरहेका छन् । कृषकहरुलाई सरकारले मल दिन सकेको छैन । मल नभएको कारण कृषि व्यवसायीहरुको आम्दानी घट्दो छ तर पनि सरकारले करमात्र असुल्ने गरेको व्यवसायीहरुले दुखेसो पोखेका छन् ।


देश आर्थिक मन्दीमा रहेको अवस्थामा भएको व्यापार पनि घाटामा गएको र व्यवसायीहरु नयाँ व्यवसायमा लगानी गर्नको लागि डराउने अवस्थामा पुगेको नेपाल उद्योग बानिज्य महासंघका उपाध्यक्ष सुर कृष्ण बैद्यले बताउनुभयो । बैद्यले भन्नुभयो, सरकारले उद्याग व्यवसायीहरुको मर्का बुझेको छैन । देशको अर्थतन्त्र कम्जोर हुँदै गएको छ । जनतासँग करमात्र असुल्ने काम गरेको छ । ’

त्यसैगरी राष्ट्रिय उपोभोक्ता मञ्चका केन्द्रीय अध्यक्षले सरकारले कानून मिचेर आलु र प्याजमा कर लगाएको बताउनुभयो । उहाँले भन्नेभयो, जनताले उपभोग गर्ने अत्याआवश्यक वस्तुमा कर बढाएको छ तर कर तिरेबापत जनताले पाउने सेवासुविधा केही छैन ।’
आर्थिक वर्षको बजेटले उद्योग व्यवसायमा पार्ने प्रभाव बारे सरकार गम्भिर हुन व्यवसायीहरुको माग रहेको छ । देशमा नयाँ व्यवसाय सुरु गर्न चाहानेहरुले लगानी गर्ने वातावरण सरकारले व्यवस्था नगरेको समेत व्यवसायीहरुको गुनासो रहेको छ ।,

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button