बलिदान ए.जी मण्डली दाङको बृहत ख्रीष्टमस कार्यक्रम
![](https://bolawat.com/wp-content/uploads/2024/12/Balidan-church--780x470.jpg)
दिपक पुन
घोराही दाङ, १०पुस ।। लुम्बिनी प्रदेशको दाङको घोराहिमा संयुक्त घोराही नगर बलिदान ए.जि. मण्डलीले बृहत ख्रीष्टमस कार्यक्रम २०८१ सम्पन्न गरेको छ । उक्त कार्यक्रम घोराही १४ सभाहलमा बलिदान ए.जि मण्डली दाङको आयोजनामा भएको हो ।
बलिदान मण्डली घोराहीका रेभरेन्ड बरिस्ठ पा.जङ्ग बहादुर चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा घोराही उपमहानगरपालीकाका मेयर नरुलाल चौधरी, बिशिस्ट अतिथी घोराही उप महानगरपालिकाका उप प्रमुख हुमा डिसि, यसै गरी दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष धुर्बकुमार गहतराज रहनुभएको थियो ।
![](https://bolawat.com/wp-content/uploads/2024/12/balddsf-1024x682.jpg)
त्यसैगरी अतिथिहरुमा घोराही उपमहानगरपालिका वडा न १७ का अध्यक्ष राम लोटन चौधरी, घोराही उपमहानगरपालिकाका प्रेस संयोजक निमु संगम घर्ती मगर, यूगबोध राष्ट्रिय दैनिकका प्रमुख संवाददाता गोविन्द खड्का, ख्रीष्टिय जगतका चर्चित लोकप्रीय गित सालैजो सुसमाचारका गायक साथै सामुदायिक रेडियो भरोसाका स्टेशन म्यानेजर दिपक पुन लगायत बलिदान ए.जि मण्डली घोराहीका विभिन्न शाखा मण्डलीका पास्टर अगुवाहरु र ख्रीष्टिय धर्मालम्बी लगायत अन्य धर्मालम्बिहरुका ब्यक्तीहरुको उपस्थित रहेको थियो ।
![](https://bolawat.com/wp-content/uploads/2024/12/balls-1024x682.jpg)
बलिदान मण्डली गोग्लीका पास्टर सन्त घर्ती मगरको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथी नरुलाल चौधरीले “क्रीस्मस डे“ गरीब ,दिन दुखिहरुलाइ उपहार बाड्ने ठूलो चाड भएक बताउदै नेपाल सरकारले पनि ख्रीष्टीय धर्मावलम्बीलाई विभेद नगरेर सार्वजनिक विदा दिएको बताउदै ख्रीष्टमसको शुभकामना दिनुभएको थियो ।
![](https://bolawat.com/wp-content/uploads/2024/12/Balidan-churchs--1024x682.jpg)
त्यसै गरि कार्यक्रममा उप प्रमुख हुमा डिसी, वडा न १७ का अध्यक्ष राम लोटन चौधरी, उद्योग वाणिज्य संघका उपाध्यक्ष धुर्व कुमार गहतराज लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बलिदान चर्चका विभिन्न झुन्डहरुबाट ख्रीष्टिय सोरठी नृत्य , चौधरी नृत्य,सास्कृतिक नृत्य विभिन्न ख्रीष्टिय भजन लगायत लोकप्रिय सुसमाचार सालैजोका चर्चित गायक तथा सामुदायिक रेडियो भरोसाका स्टेशन म्यानेजर दिपक पुनको प्रस्तुति रहेको र ख्रीष्टीय लोक सस्कृती बचाउने उद्देश्यले कार्यक्रम गरिएको आयोजकले भनाई छ । कार्यक्रममा बलिदान मण्डलीका सत्य खडकाले ख्रीष्टमसको बारेमा वचन प्रष्ट्याउनु भएको थियो । शुरुको प्रार्थना वरिष्ठ पा. शुशिला चौधरीको रहेको थियो भने कार्यक्रम सन्चालन चन्द्र बुढाको रहेको थियो । सास्कृतिक कार्यक्रम संचालन पास्टर बाइबल पुन(बेद प्रकाश) र जवानका अगुवा पुनम घर्तीले गर्नु भएको थियो ।