बलिदान मिसनद्धारा दुई दिने सेमिनार सम्पन्न

साउन २५ (२०८०) दाङ
बलिदान मिशनद्धारा आयोजित दुई दिने पास्टर तथा अगुवा सेमिनार सम्पन्न भएको छ । बलिदान मिशनमा आवद्ध करिब २८ भन्दा बढी मण्डलीबाट पास्टर अगुवाहरुको सहभागीतामा समेनार सम्पन्न भएको हो ।


मण्डलीका पास्टर तथा अगुवाहरु आफैमा आत्मिक रुपमा बलियो हुन र मण्डलीलाई बलियो बनाउने उद्देश्यले साउन २४ देखि २५ गतेसम्म बलिदान मण्डली घोराही दाङमा आयोजना गरिएको थियो ।


दुई दिने सेमिनारमा बलिदान मिशनमा आवद्ध रहेका दाङ, बाँके, रोल्पा रुकुम लगायतका जिल्लाबाट १५० भन्दा बढि पास्टर तथा अगुवाहरुको सहभागिता रहेको थियो ।


दुई दिने सेमिनारमा रेभ. पास्टर जंगबहादुर चौधरी, पास्टर सन्त बहादुर घर्ती र बाइबल पुनले सेवाकाईमा सहकार्य कसरी गर्ने ?, अगुवा को हो ?, अगुवाको जिम्मेवारी के हो ? लगायतको विषयमा सिकाउनुभएको थियो ।


सुसमाचार संगै मण्डलीलाई आत्मिक रुपमा बलियो बनाउन बलिदान मिशनले दाङ, रोल्पा, रुकुम, प्यूठान, बाँके लगायतका जिल्लाहरुमा आफ्नो मिशनद्धारा सेवा गरिरहेको छ । बलिदान मिशनले आत्मिक क्षेत्रमा मात्र नभई सामाजि क्षेत्रमा पनि सेवा पु¥याउँदै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button