बल्ड डोनर्स एशोसिएशन नेपालले दियो नेपाल ख्रीष्टियन समाजलाई कदरपत्र

जेठ ३१ (२०८०) काठमाण्डौँ
रक्तदान गर्ने अन्तराष्ट्रिय संस्थाहरुको महासंघमा आवद्ध रहेको बल्ड डोनर्स एशोसिएशन नेपालले बढी रक्तदान गरेकोमा ख्रीष्टियन समाजलाई कदरपत्र दिएको छ ।
उपचारकोक्रममा रगत आवश्यक पर्ने विरामीलाई विना शोधधर्ना स्वस्त रगत उपलब्ध गराउने संघस्थाहरुलाई विश्व रक्तदान दिवसको अवसरमा (१४ जुन २०२३) विभिन्न संघसंस्थालाई बल्ड डोनर्स एशोसिएशनले सम्मान सहित कदरपत्र दिएको हो ।

नेपालको विभिन्न जिल्लाहरुमा रहेका चर्चहरुले ख्रीष्टमस र ईष्टरको अवसरमा रक्तदान गर्दै आएका छन् । काठमाण्डौँ भ्यालीमा रहेका विभिन्न चर्चहरु सहभागी रहेको भ्याली ईष्टर महोत्सव २०२३ मा बृहत रक्तदान कार्यक्रम गरिएको थियो ।

अन्य जिल्लाको सन्दर्भमा पनि जब अस्पतालमा रगतको अभाव हुन्छ त्यतिबेला स्थानीय चर्चहरुले शनिबारको दिनमा रगतदान कार्यक्रम गरी चर्चका सदस्यहरुले विरामी बचाउन रगत दान गर्दै आएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button