बहराइन नेपाली मण्डलीद्धारा छुट्टीको अवसरमा बाइबल सेमिनार
साउन ७ (२०८०) बहराइन
बहराइन नेपाली मण्डलीले छुट्टीको अवसर पारेर एक दिने बाइबल सेमिनारको आयोजना गरेको छ ।
चर्चका सदस्यहरुलाई आत्मिक रुपमा बलियो बनाउन र एकअर्काको निम्ति प्रार्थना गर्न जुलाई २९ गते सेमिनारको आयोजना गरेको हो ।
रोजगारीको लागि बहराइन पुगेका नेपाली ख्रीष्टियन दाजुभाई तथा दिदीबहिनीहरुले नेपाली चर्चमा संगति गर्दै आएका छन् । हालसम्म बहराइन नेपाली चर्च सहित बहराइनमा ३ वटा नेपाली चर्चहरु स्थापना भएका छन् । नेपालबाट रोजगारीको लागि बहराइन पुगेका धेरै नेपालीहरुले त्यहाँ परमेश्वरमा विश्वास गरी नेपाली मण्डलीमा जाने गरेका छन् ।
बहराइन नेपाली मण्डलीका पास्टर काजी थापाको अनुसार हालसम्म बहराइनमा २६ हजार बढि नेपालीहरु रोजगारीको लागि पुगेका छन् । पास्टर काजी थापाले भन्नुभयो, “अरु समय काम धेरै हुन्छ । हामी सबै जना काममा व्यस्थ हुन्छौँ । २९ जुलाईमा यहाँ छुट्टी हुने भएको कारण हामीले १ दिनको बाइबल सेमिनार राखेका छौँ । बाइल सेमिनारले आत्मिक रुपमा बलियो हुन र उत्साहित हुन मद्धत पु¥याउने छ ।”
बहराइन नेपाली मण्डलीले बहराइनमा समस्यामा परेका नेपालीहरुलाई पनि प्रतक्ष अप्रतक्ष रुपमा सहयोग पु¥याउँदै आएको छ । रोजगारीको लागि नेपालबाट परिवार छोडेर पुगेका धेरै व्यक्तिहरु समस्यामा पर्ने गरेका हुन्छन् र त्यस्ता व्यक्तिहरुलाई उत्साह दिन र उनीहरुको निम्ति प्रार्थना गर्ने काम बहराइन नेपाली चर्चले गर्दै आएको छ ।