बारा ख्रीष्टियन समाजको अध्यक्षमा पास्टर पदम बस्नेत
प्रेम घिमिरे (पर्सा)
भदौ २१ ।। बारा जिल्ला ख्रीष्टियन समाजको छैटौँ साधारणसभाबाट पास्टर पदम बस्नेत अध्यक्ष पदमा चयन हुनुभएको छ । हिजो बुधवार प्रसस्थ जीवन चर्च सीमरामा आयोजित साधारण सभाबाट पास्टर पदम बस्नेत अध्यक्ष पदमा मा चयन हुनुभएको हो ।
बारा ख्रीष्टियन समाजको दुई वर्ष कार्याकाल रहनेगरी पास्टर पदम बस्नेतको नेतृत्वमा दुई जना महिला सदस्य सहित ९ जनाको नयाँ कार्यसमिति बनेको छ ।
नयाँ कार्यासमितिमा पास्टर पदम बस्नेत अध्यक्ष,पास्टर मान बहादुर तामाङ उपाध्यक्ष, पास्टर बिजय लामा कोषाध्यक्ष, एल्डर अमोद खाँ चौधरी सचिव, रहनुभएको छ भने पास्टर नागेश्वर यादव, महिमा लामा, राम माया बि.क, राम बहादु दोङ, सोमबहादुर लामगाढे सदस्यमा रहनुभएको छ ।
साधारण सभा कार्याक्रममा नेपाल ख्रीष्टियन समाज मधेश प्रदेशका डा. पिटर कमलेश्वर सिंहले परमेश्वरको बचनबाट उत्साह दिनुभएको थियो । साधारण सभामा कार्यकाल सकिएपछि धन्यवादका साथ निवर्तमान कार्य समितिलाई विधाई गर्दै नयाँ कार्यसमितिलाई प्रर्थनासाथ कार्यकाल सफल बनाउन शुभकामना दिइएको छ ।