बालविवाह अन्त्यको लागि रोल्पामा धर्म गुरुहरुको सञ्जाल

दिपक पुनमगर (रोल्पा)
असोज ५ ।। रोल्पामा बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुले प्रतिवद्धता जनाएका छन् । बिहीबार रोल्पाको लिबाङमा आयोजित अन्तरक्रियामा बोल्दै धर्मगुरुहरुले आफ्नो धार्मिक संस्थाहरुबाट बालविवाह अन्त्य गर्नका लागि सक्दो भूमिका खेल्ने बताएका छन् । जसका लागि एक सञ्जालसमेत गठन गरिएको छ ।
जसमा हिन्दु धर्मालम्बीको तर्फबाट विनोद आचार्य, उपाध्यक्षमा क्रिश्चियन धर्मालम्बीबाट इश्वरी पुन, सचिवमा ब्रम्हकुमारीबाट उमा आचार्य रहनुभएको छ । त्यस्तै सदस्यहरुमा हिन्दुबाट ओविलाल केसी र नरबहादुर थापा रहनुभएको छ भने अन्य सदस्य पछि थप गर्ने बताइएको छ ।

सोही कार्यक्रममा निरन नेपालका रुविन पाख्रिन र विमला गैरेले बालविवाह अन्त्य गर्नका लागि धर्मगुरुहरुले खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिनुभएको थियो । अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा (घर्ती)ले बालविवाहका कारण धेरै कुरामा समस्या पर्ने भन्दै त्यसलाई रोक्नका लागि सबैले आ–आफ्नो ठाउँमा सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । बालविवाह विश्वव्यापी समस्या रहेको बताउँदै उहाँले रोल्पा नगरपालिकाले पनि बालविवाहविरुद्ध कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्यले बालविवाहका कारण सबैभन्दा धेरै महिला पीडित हुने गरेको बताउनुभयो । महिलाहरुलाई अहिले पनि महिनाबारी बार्ने चलन रहीआएको बताउँदै उहाँले यस्ता विभेदविरुद्ध पनि धार्मिक गुरुहरुले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
त्यस्तै रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले धार्मिक आस्था जसको जता भएपनि सबैको साझा समस्याको रुपमा रहेको बालविवाहलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । धार्मिक सहिष्णुतासहित सामाजिक जागरणमा धर्मगुरुहरुले काम गर्नुपर्ने बताउँदै प्रहरी नायब उपरीक्षक श्याम सारुमगरले बालविवाह गैरकानूनी भएको बताउनुभयो ।

मधेश मानवअधिकार गृह (माहुरी होम)को आयोजना, युएनएफपिए र भिएसओको सहयोगमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष नवीन लोचनमगर, युएनएफपिए रोल्पाका संयोजक केदार रानामगर, रोल्पा नगरपालिका महिला शाखा प्रमुख पवित्रा बुढामगर, नेपाल मानवअधिकार संगठनका अध्यक्ष विनोद आचार्य लगायतको आतिथ्यता रहेको थियो । माहुरी होमका बरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन माहुरी होमका जिल्ला सुपरभाइजर लोकेन्द्र सेनले गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button