बाल दिवसको अवसरमा काठमाडौंमा संयुक्त प्रार्थना सभा हुने

काठमाडौं, जेठ २२ — विश्वव्यापी रूपमा मनाइने बाल दिवसको अवसरमा नेपाल प्रेयर काउन्सिलले काठमाडौं उपत्यकाका बालबालिकाको सहभागिता रहने गरी विशेष प्रार्थना सभाको आयोजना गरेको छ।
काउन्सिलले आउँदो जेठ २४ गते (जुन ७) काठमाडौंको पुतलीसडकस्थित चर्चमा दिउँसो २ बजेबाट प्रार्थना सभा आयोजना गर्ने जनाएको छ।
बालबालिकाको हित र भविष्यका लागि करिब पाँच मिनेटको विशेष प्रार्थना गर्न आह्वान गर्दै उपत्यकाका मण्डलीहरूलाई बालबालिकासहित उक्त प्रार्थना सभामा सहभागी गराउन अनुरोध गरिएको छ।
नेपाल प्रेयर काउन्सिलका संयोजक पास्टर धनराज घिमिरेले विश्व बाल दिवसको अवसरमा नेपालका सबै मण्डलीहरूले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यका लागि प्रार्थना गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले पत्रमार्फत काठमाडौंको पुतलीसडकस्थित चर्चमा आयोजना हुने प्रार्थना सभामा उपत्यकाभरिका चर्चका बालबालिकाहरू सहभागी भई प्रार्थना गर्नुपर्ने उल्लेख गर्नुृ भएको छ ।
बाल दिवसको अवसरमा आयोजना गरिएको यो प्रार्थना सभाले देशभरका बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास आयोजक टिमले व्यक्त गरेको छ। सभामा बालबालिकाहरूको महत्वपूर्ण प्रस्तुति समेत रहनेछ।
