बिज्ञानसंग सम्बन्धित दुईवटा ख्रीष्टियन पुस्तक विमोचन

काठमाण्डौ, ८ मंसिर ।। बाइबल र विज्ञानसंग सम्बन्धित दुईवटा ख्रीष्टियन पुस्तक विमोचन भएको छ । शनिबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी विज्ञानसँग सम्बन्धित दुईवटा पुस्तक विमोचन भएको हो ।


सात प्रदेशबाट प्रतिनिधित्व हुनेगरी १८ जना नेपाली इसाई लेखकद्वारा लेखिएकोे परिवर्तित जीवनहरू ः ९० जना ख्रिस्टियनका रोचक तथा प्रेरणादायी जीवन गवाही’ र ’ लेखक कमल अधिकारीद्वारा लेखिएको संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)’ नामक दुईवटा पुस्तक विमोचन भएको छ ।


पुस्तक विमोचन कार्यक्रममा नेपाल ख्रीष्टियन समाजका सह अध्यक्ष डिल्लीराम पौडेल, र प्रकाशकको तर्फबाट केशव मैनालीले बधाई तथा शुभकामनाका साथ नेपाली इसाई जगतमा लेखकहरुको वर्तमाण अवस्था र लेखकहरुले नेपाली इसाई जगतको लेखन क्षेत्रमा पु¥याउनुपर्ने योगदानको बारेमा आफ्नो धारणा राख्नुभएको छ ।


“संसार बदल्ने १०१ ओटा वैज्ञानिक खोज (भाग १)” नामक पुस्तकका लेखक कमल अधिकारीले आफ्नो पुस्तकबारे बताउनुभएको छ । उहाँले संसारका प्रेरणादायी व्यक्तिहरु जसले आफ्नो खोजतथा अनुसन्धानमा परमेश्वरमा भरोसा राख्थे उनीहरुको खोज र परमेश्वरप्रतिको उनीहरुको विश्वासको बारेमा केही उल्लेख गर्नुभएको थियो । विज्ञान र बाइबलसंग सम्बन्धित रहेर कलम चलाउने लेखक अधिकारीले हालसम्म १२ वटा पुस्तक प्रकाशित गरिसकेको बताउनुभएको छ ।

त्यसैगरी परिवर्तित जीवनहरू ः ९० जना ख्रिस्टियनका रोचक तथा प्रेरणादायी जीवन गवाही’ लेखकहरु मध्येमा । हालै फिलिपिन्सबाट ईश्वरशास्त्रमा एमडिभ पूरा गरेर आउनुभएका राम चौधरी र लेखक तथा पा.आरपी देवकोटाले वैज्ञानिक खोजहरूबारेमा आफ्नो धारणा राख्नुभएको थियो । राम चौधरीले आफूले अध्ययन गर्दा र किताब लेख्दाको अवसर र चुनौतीहरुको बारेमा अनुभ बाँड्नुभएको थियो ।


पास्टर नारायण श्रेष्ठको प्रार्थनापछि सुरु भएको पुस्तक विमोचन कार्यक्रमको सञ्चालक पास्टर अर्जुन डुलोसले गर्नुभएको थियो भने पास्टर यर्मियाले अन्तिम प्रार्थना गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button