बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न
बिर बहादुर तामाङ
झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जेैतुन छाँया कन्सर्ट सफलताका साथ सम्पन्न भएको भन्दै असोज १४ गते सोमबार एक कार्यक्रमका बिच धन्यवाद कार्यक्रम गरेको छ ।
गत असोज ३ गते बिहीबार धुलाबारीमा सम्पन्न जेैतुन छाँया सिजन ३ एपिसोड २ मा १४ सयको हाराहारीमा दर्शकको उत्साहजनक उपस्थिति रहेको भन्दै आयोजक समितिले कार्यक्रमको शुरुवात समयदेखि कार्यक्रम सफलताको लागि जुटेका सहयोगीदाता, सम्पूर्ण ईसाई समाज, सञ्चारकर्मी, स्वयंसेवक लगायतले पुर्याएको योगदानको सम्मान गर्दै धन्यबाद ज्ञापन गरेको छ।
विर्तामोड मुख्य चौकमा रहेको पपुलर होटलमा पत्रकार सम्मेलन गरी कन्सर्ट हुने जानकारी गरेको सही स्थानमा आज असोज १३ गते धन्यवाद ज्ञापन आयोजित कार्यक्रममा पास्टर नामुएल राईले धर्मशास्त्र बाइबलको हबकुक २:१-३ पद मार्फत हामीसँग स्पष्ट दर्शन रहनु जरुरी रहेको बताएका छन।दर्शन स्पष्ट देख्नु पर्छ।दर्शन मर्दैन। सपना सुतेर देख्दैन तर सपना देखेर सुत्न सक्दैन।सो कार्यक्रम मार्फत कति जना येशुसँग मुडभेट भयो भनि जिज्ञासा राखे । जवानले गरेको कार्य भावी पुस्ताको लागि एउटा उदाहरण प्रस्तुत गरेको भन्दै उत्साह दिएका छन । हामीले कार्यक्रममा जुन अपेक्षा गरेका थियौं त्यो भन्दा बढि सफलता पाएको महशुस गरेका छौ।
कार्यक्रममा आयोजक तथा जवान समितिका अध्यक्ष गायस शेर्पाले स्वागत गरेको कार्यक्रमको अतिथिहरुमा एनसिएफ कोसी प्रदेश अध्यक्ष पास्टर गंगा आले, झापा जिल्ला सचिव पास्टर राजु चाम्लिङ, विर्तामोड नगर ईसाई समाज अध्यक्ष पास्टर नरेन राई, कोषाध्यक्ष एल्डर सन्तोष राईको तर्फबाट धन्यबाद ज्ञापन व्यक्त गरेका छन। अध्यक्ष नरेन राईले आफ्नो मन्तब्यमा कुनै पनि काम शुरू गर्नु भन्दा अन्त्य असल हुनुपर्छ।दर्शन देख्नु असल हो।”दर्शन धेरैले देख्छन् तर पूरा गर्दैनन। तर बिर्तामोड युवा समितिले जैतून छायाँप्रति देखेको दर्शन पूरा गरेकोमा धन्यवाद प्रकट गरे।
जिल्ला सचिव पा.चाम्लिङले मन्तब्यमा झापामै करिब ५/६ महिनाको बिचमा भएको कार्यक्रमहरु मध्येको यो पटकको कार्यक्रम अत्यन्तै राम्रो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको साथै सो कार्यक्रमले हामी बिच एकता र विचारमा जोडिन सन्देश प्रवाह गरेको बताएका छन ।
अत्यन्तै गर्मीका कारण सायदै केही खल्लो भए पनि सहभागी आशिषित रहेको ठान्छु।सो कार्यक्रममा पत्रकारहरुप्रति गरिएको शब्द अलि नमिल्दो भए पनि अब उसो स्टेजमा बोल्दा सजक र होशियारी अपनाउनु पर्ने उपस्थित भेलाले दर्शाएको छ।
पत्रकारहरुको नेतृत्व गर्दै पास्टर वीर बहादुर तामाङले समाचारको माध्यमबाट केही हदसम्म प्रचारप्रसारको लागि अहम् भुमिका खेलेको र ईसाई समाजले ईसाई पत्रकारहरु प्रति गर्ने व्यवहारमा सकारात्मक पाईएको र निमन्त्रणाका लागि धन्यबाद दिए।
जैतुन छाँयाको कार्यक्रममा जम्मा रु ७,०६,१०० (अक्षेरुपि सात लाख ६ हजार १ सय उठेको थियो , भने कार्यक्रम विविध खर्च रु ५,७२,२५० (५ लाख ७२ हजार २ सय ५०) भएको हो भने हाल कोर्षमा रु. १,३३,८५०( १ लाख ३३ हजार ८ सय पचास ) बचत रहेको जवान समितिका सचिव डेभिड खवासले जानकारी गराएका छन ।