बिल गेट्सको घोषणा, आफ्नो ९९ प्रतिशत सम्पती २० वर्षमै गरिबलाई सुम्पिने

काठमाण्डौ, २५, वैशाख ः विश्व प्रसिद्ध धनाढ्य तथा परोपकारी व्यक्ति बिल गेट्सले आगामी २० वर्षभित्र आफ्नो सम्पूर्ण सम्पत्तिको ९९ प्रतिशत हिस्सा गरिब तथा सामाजिक सेवाका क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन् । सन् २०४५ सम्ममा आफ्नै स्थापना बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन बन्द गर्ने योजना समेत उनले सार्वजनिक गरेका छन ।
गेट्सको यो निर्णयलाई मानवता, नैतिकता र धार्मिक चेतनाको संगमका रूपमा विश्लेषण गरिँदैछ । सन् २०२५ मे ८ मा फाउन्डेसनको वेबसाइटमार्फत जारी वक्तव्यमा उनले भनेका छन् । “म मरेपछि मानिसहरूले मलाई धनी भनेर सम्झुन् भन्ने चाहन्न । त्यो पाप हो ।”
फाउन्डेसनले अबको २० वर्षभित्र २०० अर्ब डलर खर्च गर्नेछ, जुन विश्वका सर्बाधिक गरिब, बीमार तथा शिक्षाबाट वञ्चित समुदायमा लक्षित हुनेछ । यो परोपकारी इतिहासकै सबैभन्दा ठूलो प्रतिबद्धता मानिएको छ ।
बिल गेट्स बाल्यकालमा हरेक आइतबार चर्च जाने गर्थे । परोपकारी बन्न र जीवनमा केही गर्नुपर्छ भन्ने उपयुक्त ज्ञान उनले बाइबलबाट प्राप्त गरेको पाइन्छ । उनका बुवा आमा प्रोटेस्टेन ख्रीष्टियन थिए र बिल गेट्स पनि आफ्नो बुवा आमासँग निरन्तर चर्च जान्थेँ ।
आफूले कमाएको रकम सामाजिक सेवामा लगानी गर्दै आएका विल गेट्सलाई बाइबलीय प्रभाव परेको देखिन्छ । उनले विगतमा भनेको थिए, “परमेश्वर प्रतिको विश्वासले मलाई समाजसेवा र पीडामा रहेकाहरूप्रति उत्तरदायी बनाउँछ ।”