बि.एन.सि.ए महिला विभागले ग¥यो पहिलो दिदीबहिनी शिखर सम्मेलन

भदौ १६, अमेरिका ।।
भुटनिज नेपाली चर्चेच अफ अमेरिका (बि.एन.सि.ए) को महिला विभागले पहिलो पटक अमेरिकाको पेन्सिलभेनिया दिदीबहिन शखिर सम्मेलन गरेको छ ।


अमेरिका स्थित भुटनिज नेपाली चर्चका दिदीबहनीहरु आत्मिक रुपमा बृद्धि हुन र भेटघाट सहित संगै प्रार्थना गर्ने उद्देश्यले आयोजना गरेको दिदीबहिनी शिखर सम्मेल हिजो देखि सुरु भएको छ ।


पहिलोपटक सुरु भएको ऐतिहासिक शिखर सम्मेलनमा ४० भन्दा बढि चर्चहरुबाट ४०० भन्दा बढि दिदीबहिनीहरुको सहभागिता रहेको वि.एन.सि.एका कोषाध्यक्ष पास्टर अर्जुन हमालले जानकारी दिनुभयो ।


पास्टर अर्जुन हमालले भन्नुभयो, “यो बि.एन.सि.ए को पहिलो ऐतिहासिक महिला शिखर सम्मेलन हो । अब आउने दिनहरुमा प्रत्येक वर्ष आयोजना गर्ने योजना त बनाउनुभएको छ तर घोषणा भने गर्नुभएको छैन ।”


दुई दिन सम्म चल्ने शिखर सम्मेलनमा प्रमुख वक्ताको रुपमा पास्टर रुथ राई, पास्टर इलोरा राई र पास्टर कुन्ती सुनुवार रहुनुभएको छ । पास्टर कुन्ती सुनुवार बि.एन. सि. ए महिला विभागको अध्यक्ष समेत हुनुहुन्छ ।


त्यसैगरी सम्मेलनमा इन्टरनेशनल न्यूलाईफ चसर्च,कनान भुटनिज चर्च र टुरु वर्सिप नेपाली चर्चले आराधनामा अगुवाई गर्नुहुन्छ भने ख्रीष्टियन जगतमा प्रचित गायक लिडिया राईको समेत प्रस्तुती रहनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button