बेथेल सहकारी संस्थाको १२ औँ साधारण सभा

असोज २१ ललितपुर ।।
बेथेल बचत तथा ऋण सहकारी संस्थाले १२ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।


संस्थाले आज आइतबार ललितपुरमा शेयर सदस्यहरुलाई निमन्त्रणा गरी १२ औँ साधारण सभा गरेको हो ।


संस्थागत रुपमा एक दशक पार गरेको बेथेल बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधरणसभामा वार्षिक प्रतिवदेन समेत प्रस्तुत गरेको थियो । बार्षिक प्रतिवेदनको अनुसार संस्था हालसम्म नाफामा रहेको छ ।


बेथल बचत तथा ऋण सहकारी संस्थामा बिशेषगरी विभिन्न चर्चका पास्टर तथा अगुवाहरुकोको शेर लगानी रहेको छ ।


अहिले सहकारी भन्ना साथ समाजमा एक किसिमको नराम्रो छाप परेको र यो पनि डुब्छ, पैसा खाएर भाग्छ भन्ने जस्ता आशंका पैदा भएपनि बेथेल बचत तथा ऋण सहकारी संस्था त्यस्तो नभएको संस्थाका अध्यक्ष बि. एन् पण्डितले बताउनुभयो ।


उहाँले भन्नुभयो, “जुन सहकारी निस्वार्थ निती, विधि र प्रविधिमा चलेका छन् त्यस्ता सहकारी अझै पनि समाजमा आर्थिक रुपान्तरणका लागि निरन्तर अगाडि बढि राखेको छ । र त्यस्तै सहकारी मध्ये एक सहकारी बेथेल बचत तथा ऋृण सहकारी संस्था लिमिटेड पनि हो ।”


संस्थाले करिब ११०० सय भन्दा माथी शेयर बितरण गरेको र आउने दिनहरु अझै शेयर सदस्यहरु बढाएर आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणका लागि काम गर्ने लक्ष राखेको छ ।


हालको समयमा पनि संस्थाले आवश्यक शिक्षा, सूचना, तालिम, अध्ययन अवलोकन भ्रमण र अन्तरक्रिया तथा गोष्ठी मार्फत सदस्यहरुलाई व्यवस्थित तथा मर्यादित गर्ने काम गरिरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button