ब्रान्डीङ बन्दै मन्ना बेकरी

ललितपुरमा मन्ना बेकरी एण्ड कन्फेक्सनरी बिस्तारै ब्राण्डिङको रूपमा स्थापित हुँदै गएको छ । वि.सं. २०७१ बाट ललितपुरको नख्खीपोटबाट सुरु भएको मन्ना बेकरीका अहिले ५ वटा शाखा छन् । जसले हाल बेकरी सम्बन्धि तालिम उपलब्ध गराएर युवाहरुलाई स्वदेश तथा विदेशमा समेत रोजगारीको लागि सक्षम बनाइरहेको छ ।


हरेक व्यवसायमा लगानी गर्ने लगानीकर्ताहरुको आफ्नै कथा भएजस्तै मन्न बेकरी एण्ड कन्फेक्सनरीका लगानीकर्ता दामोदर श्रेष्ठको पनि आफ्नै कथा छन् । लगानीकर्ता दामोदरले आफूले बेकरी व्यवसाय सुरु गर्दाको छेन् सम्झदै भन्नुहुन्छ, “करिब दश लाख लगानी गरेर नख्खीपोटमा व्यवसाय सुरु गरेको थिएँ । सुरुमा मेरो श्रीमतीले बेकरी सम्बन्धि सीप सिकेको कारण व्यवसायलाई व्यवस्थित गर्न सहज भयो ।”


करिब दश लाखबाट सुरु भएको बेकरीमा हालसम्म करिब २ करोडभन्दा बढी लगानी भइसकेको श्रेष्ठ बताउनुहुन्छ । विश्वव्यापी रूपमा देखा परेको महामारी कोभिड १९ ले पनि मन्ना बेकरीलाई केही असर ग¥यो । कोभिडकै कारण लगानी डुब्ने अवस्थामा पुग्यो । तर मन्ना बेकरी एण्ड कन्फेक्सनरीका लगानीकर्ता श्रेष्ठले हार मान्न भएन । आफ्नो व्यवसाय कमजोर भएको अवस्थालाई सम्झदै श्रेष्ठ भन्नुहुन्छ, “जीवनमा धैर्य गर्नुपर्दो रहेछ । व्यवसायमा समस्या देखिने बित्तिकै त्यसलाई छोडेर अर्को बाटो हिँड्ने हो भने सफल हुन गाह्रो रहेछ । मैले कोभिडको समयमा धैर्य गरेँ । कम्पनीको स्ठाफ मासिक भाडा तिर्न निकै गाह्रो भएको थियो । तर पनि मेरो मेहनत र परमेश्वरको कृपाले म फेरि बिस्तारै उठ्दैछु ।”


मन्ना बेकरी एण्ड कन्फेक्सनरीमा बर्थडे, वडिङ, एनिभरसरी लगायत विभिन्न कार्यक्रमका लागि केक उपलब्ध हुन्छ । मन्ना बेकरी एण्ड कन्फेक्सनरीको महत्वपूर्ण विशेषता भनेकै ताजापन हो । जसले उत्पादन गरेर सिदै सेवाग्राहीलाई वितरण गर्दछ । मन्ना बेकरी एण्ड कन्फेक्सनरीले अनलाइन अडर गर्ने व्यवस्था पनि मिलाएको छ । त्यसगरी अन्य आइटमहरु ब्ल्याक फोरेस्ट, ह्वाइट फोरेस्ट, भेनिला, पाइनपल, स्टाबेरी, चकलेट, बटरक्वच लगायत अन्य आइटमहरु पनि उपलब्ध छ ।


के छ, मन्ना बेकरी एण्ड कन्फेक्सनरीको लक्ष्य ?
मन्ना बेकरी एण्ड कन्फेक्सनरीले हालसम्म ५ वटा शाखा स्थापना गरिसकेको छ । अब आउने दिनहरुमा लगानी गर्दैजाँदा देशभरी मन्ना बेकरीलाई ब्राण्डीङ गर्ने लक्ष रहेको वनर दामोदर श्रेष्ठको भनाई छ । हाल यस कम्पनीले ललितपुरको सातदोबाटोमा मन्ना इन्सिच्युट अफ हस्पिटालिटी नामकरण गरी बेकरी सम्बन्धी तालिम दिँदै आएको छ । आउने दिनहरुमा सि.टि.ई.भि.टी बाट मान्यता लिएर ट्रेनिङ स्कुलरुपमा सञ्चालन गरेर यसलाई पनि ब्राण्डीङ गर्ने लक्ष्य रहेको श्रेष्ठ बताउनुहुन्छ ।
आउने दिनहरुमा व्यवसायबाट आर्जन गरेको मुनाफालाई परमेश्वरको महिमाको लागि लगानी गर्ने । व्यवसायलाई थप स्तरीय रुपमा स्थापित गर्दै, सीपको अभावमा बेरोजगारी अवस्थामा रहेका युवाहरुलाई सीपको कारण सजिलै रोजगार पाउन सक्ने बनाउने दामोदर श्रेष्ठको चाहना छ । उहाँ भन्नुहुन्छ, “बेकरी तालिम निकै राम्रो तालिम हो । अहिले पनि हाम्रोमा तालिम लिएर युरोपतिर धेरैजना जानुभएको छ । कतिले स्वदेशमै रोजगारी पाउनुभएको छ । आफूले सेवा पु¥याएको सेवाग्राहीले राम्रो गरेको देख्दा आफैलाई निकै आनन्दित महसुस हुन्छ ।”


दामोदर श्रेष्ठ विभिन्न सरकारी तथा गैरसरकारी संस्थासँग समन्यव गरेर दुरदराज गाउँहरुका युवाहरुलाई बेकरी सम्बन्धि तालिम दिएर रोजगारीको अवसर दिलाउने चाहनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपाली चर्चहरु आर्थिक रुपमा बलियो छैनन्, चर्चका विश्वासीहरुसँग सीप भएन भने रोजगारी पाइदैन, रोजगारी पाएन भने बेरोजगारी भइन्छ, चर्चका विश्वासीहरु बेरोजगारी भएपछि चर्च पनि गरिब हुन्छ । त्यसकारण हामीले जतिसक्दो मण्डलीका सदस्यहरुलाई जुनसुकै सीप सिकाएर भएपनि रोजगारी दिलाउने काम गर्नु आवश्यक छ ।”


कुन–कुन ठाउँमा छन् मन्ना बेकरीका शाखा ?
ललितपुरको नखीपोट, विसालचोक, ताल्चीखेल, धापाखेल र सातदोबाटो गरी पाँचवटा शाख रहेको मन्ना बेकरीको हाल २२ जना स्टाफ रहेका छन् । व्यवसायमा केन्द्रित रहेका दामोदरको सफल व्यवसायी भएर स्थापित हुनु मुख्य लक्ष्य हो ।
मन्ना बेकरी एण्ड कन्फेक्सनरीका सञ्चालक समेत रहेका दामोदरसँग आइटी सम्बन्धि पनि राम्रो ज्ञान छ । उहाँको आफ्नै कम्पनी समेत छ । जसले विभिन्न एप, वेभसाईट लगायत अनलाइन सम्बन्धि कामहरु गर्दछ । व्यवसायमा लगानी गर्दा थुर्पै अनुभव संगालेका दामोदरले आफ्ना अनुभव पनि बाँड्नुहुन्छ । व्यवसाय गर्न चाहानेहरुलाई आफ्नो अनुभव बाँढ्दै उचित सल्लाह समेत उहाँ दिनुहुन्छ ।


ललितपुर ठेचु स्थित जेनेरोसीटी चर्चका सदस्य समेत रहनुभएका दामोदर, ख्रीष्टियनहरु आर्थिक, सामाजिक, राजनीतिक लगायत अन्य विभिन्न क्षेत्रमा सवल र दक्ष रहनुपर्ने बिचार समेत राख्नुहुन्छ । अन्य व्यक्तिहरु ख्रीष्टियनहरु सभ्य र मर्यादित हुनुपर्ने समेत उहाँ बताउनुहुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button