भुकम्पले घर भत्काएपछि शनिबार संगति कहाँ गर्ने चिन्ता
असोज १८ ।। बझाङ
मङ्गलबार अपराह्न तीन बजेर ६ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएपछि भुकम्पले केहि क्षेति पु¥याएको छ । भुकम्पले घरहरु भत्किएपछि केहि घाइते भएका छन् भने धेरै विस्तापित भएका छन् ।
जयपूथ्वी नगरपालिका वडा नं. १० चैनपुरमा भुकम्पले घर भत्काएपछि ५ घर परिवार त्रिपालमुनि बसेको स्नानीय धनबहादुर बि.कले बताउनुभयो । फेरि पनि भुकम्पले क्षेति पु¥याउँछ कि भन्ने त्रास भएको कारण अहिले केहि परिवार घर आँगनमा त्रिपाल टाँगेर बस्नुभएको छ ।
धन बहादुर बि.क मित्र मण्डलीका पास्टर रहेको बताउनुहुन्छ । भुकम्पले घर भत्काएपछि पास्टर धनबहादुर बि.क को परिवार पनि त्रिपाल टाँगेर बस्नुभएको छ । घरमा सेवा संगति गरिरहेकोले अब घर नै भुकम्पले भत्काएपछि आउने हप्ता संगति कहाँ गर्ने भन्ने चिन्ता पास्टर धनबहादुरलाई छ । मित्र मण्डलीमा करिब १५ देखि २० जना भेला भएर संगति गर्ने गर्नुहुन्छ ।
पास्टर धनबहादुर बि.क भन्नुहुन्छ, ‘भुकम्पले घर भत्काएको छ । मेरो परिवार पनि अहिले त्रिपाल टाँगेर बसेका छौँ । तत्काल घर निमार्ण गर्न आर्थिक अवस्था पनि गाह्रो छ । आउँने हप्ता संगति कहाँ गर्ने भन्ने विषयमा सोच्दैछौँ ।
धनबहादुर मात्र नभएर त्यहाँ अरु परिवार पनि भुकम्प पिडित हुनुहुन्छ । परिवार पनि आर्थिक रुपमा कम्जोर हुनुहुन्छ । फेरि पनि भुकम्पले भौतिक रुपमा क्षति पुर्याएपनि बझाङमा मानवीय त्यति नभएपनि घरहरु भने धेरै भत्केका छन् । घरहरु चर्किएका छन् । बाटो चिरा परेको छ । विस्तापित परिवार हाल त्रिपाल मुनि बसिरहनुभएको छ । भुकम्पबाट विस्तापित परिवारलाई तत्काल राहातको आवश्यकता रहेको छ ।
राष्ट्रिय स्वतन्त्र पाटीका सभापति रबि लामिछाने लगायत विभिन्न राजनीतिक दलहरुले अहिले सामान्य राहात बितरण कार्य गरिरहनुभएको छ ।