भ्रूणको आवाज, नेपालको १४ औँ साधाराणसभा
असौज ७ ।। गर्भपतन रोकथामा र लैङ्गीक हिंसा बिरुद्धमा स्थापना भएको सामाजिक संस्था भू्रणको आवाज नेपालले १४ औँ वार्षिक साधरण सभा सम्पन्न गरेको छ ।
गर्भपतन, लैगिंक हिंसा, जातीय विभेद लगायतका सामाजिक कुरीतीहरु परमेश्वरको बचन बाइबल विरुद्धमा रहेको कारण यस्ता अमानवीय कार्य न्यूनिकरणको काम गरिरहेको संस्थाले हिजो शनिबार ललितपुरमा साधरण सभा गरेको हो ।
भ्रूणको आवाज नेपालले देशका विभिन्न ठाउँमा गर्भपतन न्यूनिकरण र घरिलो हिंसा लगायत विषयमा तालिम दिँदै आएको छ । नेपालका कतिपय गाउँघरमा अझै पनि छोरी जन्माएको निउमा महिलाहरु श्रीमानबाट अपहेलित हुने, गर्भमा छोरी रहेमा ऊसको पतन गर्ने लगायतको कार्यहरु भइरहेको छ ।
भ्रूणको आवाज, नेपालका संस्थापक निर्देशक सोमन राईका अनुसार हाल नेपाल सरकारले तथ्याङ्क राखे अनुसार वार्षिक ३ लाख ३२ हजार जनाले गर्भपतन गरेका हुन्छन् । सरकारले तथ्याङ्कमा राखेको मात्र यति संख्या हो तर तथ्याङ्क बिना अझ धेरैले गर्भपतन गर्ने गर्छन् ।
गत वर्ष मात्र भू्रणको आवाज नेपालले देशको २१ ठाउँमा आवाज विहिनहरुको आवाजको पक्षमा काम गरेको सोमन राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘लैङ्गीक विभेद, जातिय विभेद, लगायत अन्य विभेदहरु धेरै छ । यसको न्यूनिकरणको लागि हामीले प्रयास गरिरहेका छौँ ।’
भू्रणको आवाज नेपालले गर्भपतन घटनासंघ सम्बन्धित पीडित महिलाहरुलाई समेत आश्रय दिने गरेको छ । बाध्यतावस गर्भपतन गर्नु परेको पीडित महिलालाई संस्थाले आश्रय दिदै आएको छ ।
गर्भपतन न्यूनिकरणको लागि भ्रूणको आवाज नेपालले युवाहरुलाई स्वस्थ यौनको विषयमा पनि तालिम दिदै आएको छ । बाइबलीय आधारमा यौन के हो र यसलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा युवाहरुले भु्रणको आवाज नेपालबाट सिक्न पाउँछन् ।
हिजो सम्पन्न वार्षिक साधरण सभामा संस्थाको रिक्त रहेको पदाधिकारी पदमा नयाँ पदाधिकारी नियुक्त गरिएको छ । त्यसैगरी साधरणसभामा शान्ति सुब्बाले परमेश्वरको बचनबाट बोल्नुभएको थियो भने संस्थाका निर्देश सोमन राईले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत सहित संस्थाको भावि योजनाबारे बताउनुभएको थियो ।