भ.डा. नरीरामको १७ औँ पुस्तक विमोचन

बिरेन्द्रनगर, सुर्खेतमा आज वि.सं. २०८१ साल असोज २२ गते (८ अक्टोबर २०२४) मंगलबारका दिन कर्णाली प्रदेशकै एक ऐतिहासिक कार्यक्रममा पुस्तक विमोचन भएको छ । केएमएम मिनिष्ट्रिज र निट स्टडिज बाइबल कलेजका संस्थापक तथा निर्देशक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यूले आफ्नो १७औँ पुस्तक “नेपालका प्रमुख १० धर्महरुको संक्षिप्त परिचय” लेख्नुभएकोे थियो ।

कर्णाली प्रदेशका १० वटै जिल्लाबाट ५ हजार भन्दा बढ़ी जवानहरुको प्रत्यक्ष उपस्थितिमा भइरहेको ३ दिवशीय “संयुक्त जवान जागृति दोस्रो शिखर सम्मेलन–२०८१”को पहिलो दिनको उद्घाटन सत्रको पावन अवसरमा प्रमुख अतिथि कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय श्री यमलाल कडेल ज्यू लगायत मन्त्रीमण्डलका अन्य माननीय मन्त्री ज्यूहरु, NCF का केन्द्रीय अध्यक्ष रेभ. हनोक तामाङ, NCS का केन्द्रीय अध्यक्ष रेभ. प्रकाश सुब्बा, कर्णाली प्रदेश सञ्जालका रेभ. पदम गैरे, रेभ. सोलोमन गुरुङ, डा. किरण दास लगायतका महानुभाव ज्यूहरुको संयुक्त बाहुलीद्वारा उक्त पुस्तकको विमोचन भएको हो ।
विश्व रेकर्ड होल्डर तथा लेखक रेभ.डा. नरीराम लुहार ‘बिनोद’ ज्यू प्रमुख वक्ता रहेको सम्मेलनमा कर्णाली प्रदेशका ल्ऋँ का अध्यक्ष रेभ. प्रेम बयलकोटी, रेभ. गोमन बस्याल, रेभ. मिलन बि.सी. लगायतका १० वटै जिल्लाका जिल्ला इसाई समाजका अध्यक्ष ज्यूहरुको उपस्थिति रहेको उक्त कर्णाली प्रदेशकै ऐतिहासिक शिखर सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाका आदरणीय पाष्टर र जवानहरुको गरिमामय उपस्थितिमा विमोचन भएको पुस्तकको सफलता र आशिषको लागि प्रार्थना रेभ. प्रकाश सुब्बा ज्यूले गर्नुभएको थियो ।
