मजदुर दिवसको दिन,चर्चका जवानहरुद्घारा रक्तदान कार्यक्रम

प्रेम घिमिरे
पर्सा, २० वैशाख ।। बिरगंज स्थित क्वाइनोनिया चर्च का जवान सङ्गतीको आयोजना मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
आयोजित रक्तदान कार्यक्रममा ११९ जना जवानहरुले रक्तदान गर्नुभएको छ । अन्तराष्ट्रिय मजदुर विवसको दिन अर्थात मे १ मा आयोजि संगतिमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
बिरगंज वडा न १६ वडा अध्यक्ष परसुराम चौरसिया को प्रमुख आतिथ्य मा र चर्च को पास्टर राजकुमार घिमिरे को सभापतित्वमा र पर्सा ख्रीष्टियान् समाजका अध्यक्ष राम प्रसाद घिमिरे र रक्तसञ्चार केन्द्र बिरगंजका सौरभ राज पान्डेको विशिष्ट आतिथ्य मा सम्पन्न उक्त कार्यक्रममा बिरगंजका अन्य चर्चका जवानहरुको पनि सहभागिता रहेको थियो ।
“Give blood save life भन्ने नारा का विश्व ब्यापी नारा अनुसार धेरै जवान भाइ बहिनी हरु ले पहिलो पटक रक्तदान गरेर धेरै उत्साहित भएका थिए भने यो गर्मी को समय मा ब्लड बैंक मा रगत को अभाव भएको बेला मा येस्तो रक्तदान ले धेरै राहत पुगेको रक्त सञ्चार केन्द्र बिरगंज का सौरभ राज पान्डे ले बताउनु भयो ।
